मनोरन्जन

इन्डोनेसियाको बाली र भियतनामको हानोईमा पोखराको पर्यटन प्रवद्र्धन

पोखरा, १९ साउन, इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वदेश एवम् विदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोई लगायत शहरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुुभयो । भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगिताको पुरस्कार राशि दोब्बरले बृद्धि, पाँच इभेन्टमा दुई लाख छ हजार नगद सहित १८ धावक पुरस्कृत हुने

जया पौडेल,पोखरा १९, साउन, विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार राशिसहित पुरस्कृत हुने भएका छन् । आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुशरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकामा यस वर्ष नगद दुई लाख छहजार रुपैयाँसहित १८… पुरा पढौ

हायु परिवार गाउँफर्किदै, पोखराका मेयर आचार्यले गरे बिदाई

दीननाथ बराल,पोखरा, १९ साउन, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट वेपत्ता भई पोखरा आएको हायु परिवार एक सातापछि आज आफ्नै गाउँफर्किदै छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्वयं उपस्थित भएर टोलीलाई बिदाई गरे । २२ सदस्यीय टोलीमा ज्येष्ठ सदस्य उर्मिला हायु र ज्वाई धनबहादुर तामाङ पनि सहभागी भएका छन् । सिन्धुली गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठ पोखरा आएर टोलीलाई केही आश्वासन दिएपछि मात्र टोली घर फर्किन राजी भएसंगै पोखरा महानगरले सवारी साधनको व्यवस्था गर्दै बिदाई गरेको हो। अध्यक्ष श्रेष्ठले अस्थायी बसोबासका… पुरा पढौ

अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराबाट गण्डकी प्रदेशको उत्कृष्टताको प्रशंसा पत्र

पोखरा, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यबस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय पोखराले अन्नपुर्ण केवलकार लिमिटेडलाई प्रशंसा पत्र प्रदान गर्दै हालै सम्मान गरेको हो । गण्डकी प्रदेश भित्रका जिल्ला स्तरीय प्रतिष्ठान र उद्योगहरुको आर्थिक बर्ष २०८१÷८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा अन्नपुर्ण केवलकार लिमिटेडले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम… पुरा पढौ

दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य

पोखरा १८, साउन, पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि… पुरा पढौ

पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता र गाईजात्रा महोत्सव हुने

पोखरा, नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव यही साउन ३१ गते पोखराको लेखनाथ, सिशुवा बजारमा भव्य रूपमा आयोजना हुने भएको छ । नेवाः खल कास्कीको आह्वानमा सिशुवा नेवाः खलले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । नेवारी समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ। गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ। परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचा सहितको जुलुस निकालेर बजार… पुरा पढौ

पोखरा–१३ को तेस्रो ‘गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव’ मा दर्शकको अत्याधिक भिड

पोखरा, पोखरा–१३ स्थित बालगोपाल युवा समितिको आयोजनामा तेस्रो ‘गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव’ शनिबार निकै उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। उत्सवमा नेवारी परम्परागत खानपानदेखि सांस्कृतिक झल्को दिने विविध सानंस्कृतिक प्रस्तुतीले दिनभरि नै स्थानीयलाई भरपूर्ण मनोरन्जन दिलाइएको थियो । उत्सवमा क्वाँटीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी र स्वाद चखाउने कार्यक्रमले धेरैको ध्यान खिच्यो। साथै, धिमे बाजा, लाखे नाचलगायतका सांस्कृतिक प्रस्तुतीहरूले वातावरणलाई झनै जीवन्त बनाए। आयोजक समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक धिरजप्रसाद ढेवाजुका अनुसार विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस… पुरा पढौ

इन्द्रेणीको ५६ औ साधारण सभामा सात विद्यार्थीहरुलाई सम्मान

पोखरा १७ साउन, इन्द्रेणीको ५६ औ साधारण सभामा सात विद्यार्थीहरुललाई सम्मान पोखरा १७ साउन पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ५६ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । २० वैशाख २०३७ मा स्थापना भएको केन्द्रको साधारण सभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए । साधारण सभाले केन्द्रले गत आर्थिक वर्ष २०८१÷२०८२ मा संचालन गरेको विभिन्न काम र गतिविधिको समिक्षा सगै चालु आर्थिक वर्ष २०८२÷२०८३ मा गर्न प्रस्ताव गरिएका कार्यक्रमहरु र त्यसलाई संचालन… पुरा पढौ

अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीको पहिलो भेलाले जितु गुरुङको नेतृत्वमा नयाँ समिति चयन

दीननाथ बराल,पोखरा १७, साउन, अन्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेशको पहिलो भेलाले अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आज (शनिबार) पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले पोखराका युवा पर्यटन व्यवसाय गुरुङको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार , कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन हुनु भएको हो… पुरा पढौ

पोखरामा आमा समूह तथा छात्ररछात्रा दौड सम्पन्न

पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अ‍ेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच सयभन्दा… पुरा पढौ