मनोरन्जन

गण्डकीका मुख्यमन्त्री पाण्डेको एक साता चीन भ्रमण सकेर स्वदेश फिर्ता

पोखरा, १२ साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साताको चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किनुभएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको मुख्यमन्त्री पाण्डे उपलब्धिमूलक भ्रमणपछि स्वदेश फर्कनुभएको हो। भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव वाङ झुंगजुनसँग भेट गर्नुभएको थियो। भेटमा गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी व्यापार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको थियो। यससँगै मानसरोवर… पुरा पढौ

प्रोटोनको तेस्रो सोरुम पोखरामा, ईमास ७ सार्वजनिक

पोखरा, १३ साउन, देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका… पुरा पढौ

कुमुदिनीमा मनाईयो हजुरबाआमा दिवस

पोखरा, पोखरा ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आइतबार हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा हजुरआमासंगै मनाईएको छ । मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंगै विद्यालयको सभाहलमा अलग अलग कार्यक्रम गरेर दिवस मनाईएको हो । सो अवसरमा विद्यार्थीले नृत्य, नाटक प्रस्तुत गरेका थिए । हजुरबुबा हजुरआमालाई विभिन्न खेलमा सहभागि गराईएको थियो । विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदा उनीहरुले थप ज्ञान हाँसिल… पुरा पढौ

पर्यटन सिजनसँगै पोखराको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरीने

दीननाथ बराल,पोखरा साउन १० पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनका गतिविधि तीव्र रुपमा अघि बढाइएको छ । पर्यटन सिजनको सुरुवातसँगै यस बर्ष पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रचार–प्रसार अभियान सञ्चालन गरिने भएको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराईका अनुसार पोखरा र यस क्षेत्रको पर्यटन विकासका लागि अन्तर्राष्ट्रियस्तरमै पुगेर प्रचार गर्ने, पर्यटकलाई निमन्त्रणा गर्ने र विविध कार्यक्रममार्फत पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने योजना अघि सारिएको छ । उनका अनुसार २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित… पुरा पढौ

फेवातालमा माछाको भुरा छाडेर मनायो मजेष्टिक लेक फ्रण्टले दोस्रो वार्षिकोत्सव

पोखरा, साउन ११, पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले फेवातालमा माछाको भुरा छोडेर वार्षिकोत्सव मनाएको छ । दुई वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव फेवातालमा १० हजार माछाको भुरा छाडेर मनाएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । यसअघि अघिल्लो वर्ष पहिलो वार्षिकोत्सवमा पनि होटलले फेवाताल सरसफाई गरेर प्रथम वार्षिकोत्सव मनाएको थियो । यसैबीच, होटलले अघिल्लो वर्षजस्तै यस वर्षपनि कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । होटलले… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौडमा पोखरा २२ को वडा युवा परिषदको सहकार्य, स्वयंसेवक व्यवस्थापनमा अग्रसर

पोखरा, १०, साउन पोखरा महानगरपालिका–२२ मा यही असोज ४ गते आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नं। २२ को वडा युवा परिषद्ले औपचारिक सहकार्य गर्ने भएको छ। प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन परिषद्ले स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार, तथा युवा क्लबहरूको परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने भएको हो। परिषद्का अध्यक्ष दिनेश बराल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच हालै सम्पन्न सहमतिपछि परिषद् प्रतियोगिता व्यवस्थापनमा सक्रिय सहभागिता सहित जोडिने भएको हो। सम्झौतापछि अध्यक्ष बरालले यो प्रतियोगिता गाउँकै उत्सवका रूपमा लिएको बताउँदै,… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव भदौं पहिलो साता देखि हुने

पोखरा १० साउन, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो । आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ… पुरा पढौ

वाईसीएल गण्डकीद्धारा शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गर्यो

पोखरा ,१० साउन, योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेश समितिले पोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गरेको छ । वाईसियलले वातावरण संरक्षण अभियान अन्र्तगत वृक्षारोपण गरेको वाइसीएलका गण्डकी अध्यक्ष थमन गुरुङले पोखराक्लिकलाई बताउनुभयो। बिद्यालय परिसरमा फलफूल तथा डालेघाँसका १ सय ५० वटा बिरुवा रोपिएको उनले जनाउनु भयो । केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत वातावरण संरक्षण र उत्पादनमूलक कार्यलाई जोड दिने सन्देशको लागि उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। वृक्षारोपण सँगै त्यसको नियमित संरक्षण एवं बिरुवा… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालको सहकार्य

विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालले पनि सहकार्य गरेको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोग सहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो । नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी गराउनु भयो ।पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौतामा… पुरा पढौ

२२ औँ ‘पल्सर स्पोर्ट्स अवार्ड’ भदौ २९ गते पोखरामा हुने, पाँच वर्षका लागि प्रायोजन सम्झौता

काठमाडौं, साउन ९, नेपाली खेलकुदको प्रतिष्ठित सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यस वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। यो अवार्ड पहिलो पटक काठमाडौं बाहिरको शहर पोखरामा आयोजना हुन लागेको हो। कार्यक्रमको आयोजनाका लागि शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच पाँच वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभयो। गोल्छा ग्रुपले अवार्डको लागि नगद तथा जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको सहयोग… पुरा पढौ