मनोरन्जन

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन… पुरा पढौ

विमानस्थल संचालनका लागि होटल संघ द्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

काठमाडौं, ८ साउन, पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो । यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ… पुरा पढौ

नेपाल मणिपाल शिक्षण अस्पताल र कास्की जिल्ला टेनिस संघ बीच स्वास्थ्य परीक्षण सम्बन्धी सहमति,

पोखरा, साउन ७ नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र कास्की जिल्ला टेनिस संघ बीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना अन्तर्गत सहमति भएको छ। मणिपालले हालै सार्वजनिक गरेको “व्यवसायिक प्रतिष्ठान तथा संघ–संस्था स्वास्थ्य परीक्षण योजना” अन्तर्गत दुवै पक्षबीच सहमति जुटेको हो। सहमति पत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले हस्ताक्षर गरेका छन्। सहमतिपछि टेनिस संघसँग आबद्ध सदस्यहरूलाई स्वास्थ्य परीक्षण सेवामा विशेष सुविधा उपलब्ध हुने भएको छ । नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मणिपाल शिक्षण अस्पतालले विभिन्न… पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने सवारीलाई कारवाही गर्ने डिएसपी भट्टराईको चेतावनी

पोखरा, ७ साउन, वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराइले पोखरामा ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने चेतावनी दिएका छन् । साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराइले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको दाबी गर्नु भयो । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराइले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताउदै यसको नतिजा केही समय… पुरा पढौ

गण्डकीका पदयात्रा मार्ग सुधारमा जोड दिँदै टानले मन्त्री समक्ष १४ बुँदे मागपत्र पेश

पोखरा, साउन ६, पदयात्रा पर्यटनको समग्र सुधार र संरक्षणका लागि विगत लामो समय देखि लाग्दै आएको ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले वन तथा वातावरण मन्त्रालयमा १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई बुझाइएको उक्त पत्रमा पदयात्रा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि स्पष्ट नीति तथा समन्वयको माग गरिएको छ। पदयात्रा क्षेत्रको दीर्घकालीन र सुरक्षित विकास, व्यवसायमैत्री वातावरण निर्माण, संरक्षित क्षेत्रको व्यवस्थापन तथा विपद् व्यवस्थापन प्रणालीको सुदृढीकरण आवश्यक रहेकोमा जोड दिइएको टान… पुरा पढौ

लामाचौर तीज महोत्सवको तयारी सुरु, २२ उपसमिति गठन

पोखरा, पोखराको लामाचौरमा आयोजना हुने २९ औं तीज महोत्सवको तयारी सुरु गरिएको छ। आयोजक नव आदर्श सामुदायिक विकास समाजले महोत्सवलाई थप व्यवस्थित र भव्य बनाउन २२ वटा उपसमिति गठन गरी तयारी सुरु गरेको हो । समाजका अध्यक्ष दिनेश भण्डारीका अनुसार नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई सांस्कृतिक उत्सवको रुपमा स्थापित गर्ने उद्देश्यले समाजले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ। यो वर्षको संस्करणलाई अझ सशक्त बनाउन विभिन्न उपसमिति गठन गरिएको र ती उपसमितिहरूले आन्तरिक तयारी तीव्र बनाएको समाजले जनाएको छ।… पुरा पढौ

मिस कास्की नेपाल २०२५ को उपाधि रानी थापा मगरलाई

पोखरा, पोखरामा हालै आयोजित मिस कास्की नेपाल २०२५ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरुमा लुकेका प्रतिभा र सौन्दर्यलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। यसैगरी, भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले हात पारिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टका संचालक सफल सुवेदीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक हेभेनली… पुरा पढौ

पोखरामा गर्मी बढेसँगै पौडी खेल्न सुईमिङ पुल देखि वाटर पार्कमा भिड (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३ साउन, पोखरामा पछिल्लो समय गर्मी बढेसँगै गर्मी छल्न बालबालिका देखि युवा–युवतीसम्म सुईमिङ पुल, खोला, ताल तथा वाटर स्पोट्र्स पार्कहरूमा भीडभाड ह्वात्तै बढेको छ । पोखरामा गर्मी छल्न बालबालिका देखि युवाहरु नजिकको खोलामा रहेका पौडी पोखरी, सुईमिङ पुल, वाटर पार्कमा पौडी खेल्नेहरुको शनिबार पनि दिनभरजसो भिडभाड भएको थियो । https://www.youtube.com/watch?v=ngpRFOmgPAc यसैक्रममा पोखरा–१७ सितापाइलामा अवस्थित फिस्टेल ड्रिम पार्कमा शनिबार मात्र २ हजार भन्दा बढी आगन्तुक पुगेको पार्कका सञ्चालक तथा युवा व्यवसायी कमल बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । ४… पुरा पढौ

गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीको मेहेन्दी मेलामा एक हजार जनाले मेहेन्दी लगाए

पोखरा पोखरा न्युरोडमा रहेको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीमा शनिबार सम्पन्न भएको मेहेन्दी मेलामा १ हजार भन्दा बढी जनाले मेहेन्दी लगाउनु भएको छ । गत असार ३२ गतेदेखि संचालन भएको मेहेन्दी मेला आज समापन भएको हो । मेहेन्दी मेलामा स्वदेशी तथा विदेशी सहित एक हजार भन्दा बढीले मेहेन्दी लगाउनु भएको एकेडेमी सञ्चालक एवं सौन्दर्यविद चिनु गुरुङले बताउनु भयो। एकेडेमीका प्रशिक्षार्थीको सिप विकाससँगै मेहेन्दीलाई उद्यमशीलतासँग जोड्नका लागि उक्त मेला यस बर्ष पनि आयोजना गरिएको उहाँले जनाउनु भयो । CREATOR: gd-jpeg v1.0 (using… पुरा पढौ

एगा पोखराको २२ औं साधारण सभा सम्पन्न, १२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न सक्दैनः सदस्य भण्डारी

पोखरा, ३ साउन, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुुभयो । कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुुभयो । मुलुकमा हाल करिब ३५ लाख पर्यटकहरु धान्न सक्ने संरचना बनेको अबस्थामा राज्यले १०/१२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने उहाँले जिकिर गर्नुभयो । राज्यको तर्फबाट ६० प्रतिशत र होटल सहितका नीजि क्षेत्रको करिब ४०… पुरा पढौ