मनोरन्जन

फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता माघ २२ गतेदेखि पोखरामा हुने, विजेतालाई ८० हजार पुरस्कार

पोखरा, पोखराको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको आयोजनामा फ्र्याङ्कलिन कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २२ गतेदेखि २५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्गत इन्टर ंकलेज फुटसल टुर्नामेन्ट तथा ओपन गल्स फुटसल टुर्नामेन्ट आयोजना गरिने भएको फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक युवा व्यावसायी कमल खडकाले बताए । । इन्टर कलेज तर्फ प्रथम हुने टोलीले ८० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल… पुरा पढौ

नेपाल प्रहरी गण्डकी प्रदेश २६ औँ आदर्श कपको फाइनलमा

पोखरा १३ माघ, नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा २९ मा जारी उक्त प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जिल्ला फुटबल संघ (एन्फा) तनहुँ को टोलीलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो । प्रहरीका विवेक गुरुङले खेलको ३० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका रोजल दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पाँच हजार… पुरा पढौ

मोटरसाइकल चोरीमा संलग्न तीन जना बालक पक्राउ

पोखरा, कास्कीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । माघ १० गते दिउँसो करिब ३ बजे कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३० मुसीटुँडाका सिटाराम श्रेष्ठले वडा नं. २९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरी राखेको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट खटिएको प्रहरी टोलीले ऋऋत्ख् फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा तीन जना बालकले मोटरसाइकल चोरी गरी… पुरा पढौ

टाइगर कप भलिबलः पुलिस विरुद्ध गण्डकीको सहज जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो… पुरा पढौ

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

पोखरा, १२ माघ, पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् ।… पुरा पढौ

पोखरामा आदर्श कप जारीः मंगलबार फाइनल यात्राको लागि पुलिस र एन्फा तनहुँ भिड्ने,

पोखरा, पोखरा २९ मा यही माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार पहिलो सेमीफाइनलका खेल हुने भएको छ । सोमवारक्वाटर फाइनलको अन्तिम खेलबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम सेमीफाइनलमा प्रवेश गरेसंगै मंगलबार समुह एबाट पहिलो सेमिफाइनल नेपाल प्रहरी गण्डकी प्रदेश बिरुद्ध एन्फा तनहुँ बिच हुने भएको म्याच कमिस्नर गोपाल थापाले बताए । म्याग्दीले सशस्त्र प्रहरी बल ए पी एफ पोखरालाई १–० गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो । जिल्ला खेलकुद… पुरा पढौ

गठबन्धनका तिमिल्सिना र देवकोटा राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित

दीननाथ बराल, पोखरा, ११ माघ, राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्दनका दुई जना विजयी हुनु भएको छ । आइतबार पोखरामा भएको मतदानबाट ‘अन्य समूह’तर्फ नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले) का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको हो । तनहुँका प्रा.डा. जगत तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दै विजयी हुनुभयो भने उनले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षबाट १ सय ३१ मत र प्रदेशसभा सदस्यबाट ४८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धान्दी नेपाली… पुरा पढौ

लक्ष्य हाँसिल गर्दै सकियो १४ औं पोखरा महोत्सव

पोखरा, १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी वढाइरहेको बताए । त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका… पुरा पढौ

पिएम कप ः ५० ओभरको खेल ४ ओभरमै समाप्त

पोखरा, प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको जित हासिल गरेको छ । एभरेष्ट क्रिकेट क्लबले दिएको २१ रनको अति सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमा २४ रन बनाउँदै जित हासिल गरेको हो । यो एक दिवसीय क्रिकेटमा विरलै हुने घटना हो । ५० ओभरको खेल ४ ओभरमै सकिएको जारी प्रतियोगिताकै सबैभन्दा छिटो… पुरा पढौ

एन्फा तनहुँ २६ औं आदर्श कपको सेमिफाईनमा

पोखरा, ११ माघ, पोखरा २९ को भण्डारढिकमा जारी २६ औ आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहँु सेमिफाईनलमा प्रबेश गरेको छ । खेलको तेस्रो दिन गन्नी एफ. सी. पर्वतलाई २–१ गोलको अन्तरले पराजित गर्दै तनहुँ एन्फा सेमिफाईनलमा यात्रा तय गरेको हो । एन्फा तनहुँको जितमा सञ्जय श्रेष्ठले २६ औं मिनेटमा र एक गोल उपहार गोल भएसंगै तनहुँले जित हासिल गरेको हो । रोमान्चक र प्रतिश्पर्दात्मक खेलको ५५ औ मिनेटमा गन्नी एफ सीको तर्फबाट सबिन थापा मगरले प्रहार गरेको वलले झाली चुमेपछि… पुरा पढौ