मनोरन्जन

१२ हजारको प्याकेज पोखरामा फेरी ३ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

पोखराको सहासिक खेल प्याराग्लाइडिङ गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न सकिने भएको छ । केही दिन अघि १२ हजारको प्याकेजमा २५ प्रतिशत छुट सहित ९ हजारमा उडान सुरु भएको प्याराग्लाईडिङ व्यवसाय अझ राम्रो फष्टाउन नसकेको भन्दै केही कम्पनीहरुले ३ हजारसम्ममा पनि प्याराग्लाईडिङ गराउने गरेका छन्। पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरु बढी भएकाले गर्दा केही प्याराग्लाईडिङ कम्पनीहरुले ह्वात्तै मुल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । एक थरी व्यवसायीहरुले… पुरा पढौ

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

पोखरा २३, पुष आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने वताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट

पोखरा २२, पुष गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव… पुरा पढौ

पिएम कप क्रिकेट छनौटमा लगातार हारसंगै बागलुङ बाहिरियो, स्याङजाको सहज जित

पोखरा २०, पुष प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा बागलुङ माथि स्याङजाले सहज जित हासिल गरेको छ । शुक्रबारको खेलमा स्याङजाले बागलुङ माथि १ सय ४१ को बिशाल रनको अन्तरले पराजित गर्दै सहज जित हासिल गरेको हो । टस जितेर व्याटिङ गरेको स्याङजाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४४ बिशाल रनको योगफल तयार पार्यो । ३ सय ४५ रनको लक्ष्य पाएको बागलुङले ५० ओभर मा ८ विकेटको क्षतीमा २ सय… पुरा पढौ

भिटोफ गण्डकीको अध्यक्षमा अधिकारी

पोखरा १९, पुष गाँउ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश को नबौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कास्कीको अर्मलाकोटमा विहिबार सम्पन्न भएको उक्त अधिवेशनले शोभा कुमारी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संस्थाको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्धितिय उपाध्यक्षमा सुशीला भण्डारी, सचिवमा लक्ष्मण पहारी, सहसचिवमा विश्व क्षेत्री, कोषाध्यक्षमा शरण गुरुङ रहनु भएको छ भने अन्य सदस्यहरुमा चिन्तामणि पोखरेल, भावना राना भाट र विमला सापकोटा रहनु भएको छ… पुरा पढौ

रंगरोगनले थप आकर्षण बन्दै बिशाल महादेव मुर्ति

त्यसै त हजारौं पर्यटकहरुलाई आकर्षण गरेको बिशाल महादेव (भुमेश्वर) को मुर्तिले अझ थप आकर्षण बनाउन रंगरोगन गर्न थालिएको छ । मुर्तिको केही भागमा फुर्सो त केही रंग खुइलिएको कारण शिव मुर्तिलाई सबैको थप आकर्षण बनाउन पनि हाल रंग रोगन गर्न लागिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं उक्त बिशाल महादेव मुर्ति निर्माण समितिका संयोजक समेत रहनु भएका चन्द्रकान्त बरालले बताउनु भयो । करिब १४ लाखको लागतमा महादेवको मुर्तिमा रंगरोगन हुने भएको छ भने करिब २ महिनासम्म त्यसको रंगरोगनको काम हुने… पुरा पढौ

उद्घाटन खेलमा बागलुङ माथि कास्कीको शान्दार जित 

पोखरा १९, पुष घरेलु मैदानमा कास्कीले बागलुङ माथि शान्दार जित हासिल गरेको छ । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरिय क्रिकेट छनौटको विहिबार पोखरामा भएको छनौट प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले बागलुङ माथि १५३ को बिशाल रनको अन्तरले पराजित गर्दै शान्दार जित हासिल गरेको हो । ५० ओभर मध्य ४ ओभर घटाई ४६ ओभरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कास्कीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ६८ रन जोड्न सफल भयो । २ सय ६९ रनको लक्ष्य पाएको बागलुङले भने २४.१… पुरा पढौ

शनिबार साँझ पोखरामा ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ हुने

पोखरामा शनिबार साँझ पहिलोपटक आयोजना हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको छ । चङ्गा प्रोडक्सनको आयोजना, बाह्रसिङ्गेको मुख्य प्रायोजनमा यही पुस २१ गतेशनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएकोप्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए । उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ । निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै… पुरा पढौ

पोखराका १ का वडा बासीलाई निःशुल्क योगा र जुम्बा

पोखरा महानगरपालिका वडा नम्बर १ का स्थानियलाई हरेक शनिबार हप्तामा निःशुल्क योग शिविर तथा जुम्बा डान्स गराइने भएको छ । पोखरा महानगर १ वडा खेलकुद बिकास समितिको आयोजनामा पोखराको राष्ट्रिय मा. वि.को प्राङ्गणमा हरेक शनिबार योगा र जुम्बा कार्यक्रम हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । टुडिखेलमा आऔं खेलौं, स्वस्थ बनौ भन्ने नाराका साथ आगामी पुष २१ गते देखी पहिलो चरणको ६ महिनासम्मको लागि उक्त कार्यक्रम संचालन हुने तयारी भएको पोखरा महानगरपालिका वडा नम्बर १… पुरा पढौ

राखेप अन्र्तगत भौतिक पूर्वाधार अध्ययन तथा वर्गीकरण समितिको टोली तनहुँमा

पोखरा १८, पुष राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्र्तगत हालै गठन भएको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको उक्त टोली गण्डकी प्रदेशको नवलपुर हुदै बुधबार तनहुँमा आइपुगेको छ । टोलीले बुधबार तनहुँका विभिन्न खेल मैदान तथा त्यहाँका भौतिक संरचनको बारेमा अध्ययन अवलोकन गरेको छ । टोलीसंग व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, कार्यालय प्रमुख शिवहरी पण्डित, व्यस नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ लगायतको सहभागितामा छलफल समेत भएको समितिका सदस्य डिबी नेपालीले बताउनु… पुरा पढौ