मनोरन्जन

बङ्गलादेशको नारायणगंज क्लबलाई पोखरामा स्वागत, शनिबार बिहान पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल हुने

दीननाथ बराल,पोखरा १४, वैशाख, फोटो पत्रकार सहित बङ्गलादेशको नारायणगंज क्लबका पदाधिकारीलाई पोखरामा स्वागत गरिएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः०० बजे पछि हुने मैत्रिपूर्ण फुटवल खेल्न आएको टोलीलाई आज(शुक्रबार) बेलुका पोखरामा स्वागत गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्याँमकृष्ण थापा, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले बंगलादेशको टोलीलाई नेपाली ढाका टोपीको साथमा खादा समेत लगाउदै स्वागत गर्नु भएको थियो । हुसेन… पुरा पढौ

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा, १४ वैशाख, वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग… पुरा पढौ

विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना

पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतवर्षको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयका माध्यमिक तह इन्चार्ज गणेशबहादुर थापाले बढ्दो उमेरका भाइबहिनीलाई समाज र संगतले लागूपदार्थसँग आकर्षित गर्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्रमुख सहजकर्ताका रूपमा नौलो घुम्ती नेपाल लागूपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्रका सहजकर्ता लक्ष्मण पन्त र सहजकर्तामा रूपेश थापा रहेका थिए ।पन्तले निर्धारित समयमा… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान संचालन गर्न माग

दीननाथ बराल,पोखरा १३, वैशाख, खेलकुदको शहर पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान पुनः संचालन गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पर्यटनको राजधानि पोखरामा सहासिक खेलको हव भएको अबस्थामा विगत डेढ बर्ष देखि प्याराग्लाईडिङको सोलो उडान स्थगित हुनुले यस क्षेत्रमा खेल पर्यटनमा ठुलो असर परेकोले तत्काल संचालन गर्न यहाँका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो । DCIM\100GOPRO\G0015641.JPG पोखरा र यस क्षेत्रमा प्याराग्लाईडिङको विगत २० बर्ष अघि देखि सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै… पुरा पढौ

वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुदै ः

पोखरा महानगरपालिका वडा नं. ७ मा वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि आऔं सँगै दौडौं भन्ने नाराका साथ वैशाख २२ गते शनिबार दौड प्रतियोगिता हुने भएको हो । पोखरा ७ का सम्पुर्ण सामाजिक संघ सस्थालाई जागरुक गराइ सामाजिक जागरण र आपसी एकता वृद्घीका लागि पोखरा ७ स्तरीय दौड प्रतियोगिता मुल आयोजक समिति गठन गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला, २२ वर्ष मुनिको र ५० वर्ष माथिको गरि… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

पोखरा १३ बैशाख, आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट… पुरा पढौ

हम्रो बहुउद्देश्यीय सहकारीको रजत जयन्तीको उत्सवको अबसरमा रक्तदान

पोखरा महानगर पालिका वडा नं ८ न्युरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले विहिबार २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा “रक्तदान” कार्यक्रमको आयोजना गर्यो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो ।कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले पहिलो रक्त दाता तथा शेयर सदस्य पवित्रा मणि भण्डारीलाई बलड ब्याग हस्तारन्तरण गरि सुभारभ्भ गरिएको थियो । प्रमुख अतिथि पौडेलले… पुरा पढौ

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित

गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहिबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । यसै गरी कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । यस अघि प्रथम… पुरा पढौ

¥यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरीमनाइयो पुस्तक दिवस

¥यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे । युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो ।कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि… पुरा पढौ

पोखरामा शनिबार देखि एसिया ट्रायथलन कप हुने, पोखराका पर्यटन व्यवसायी उत्साहित

दीननाथ बराल, पोखरा १२, वैशाख, पोखरामा आउँदो शनिबार देखि एसिया ट्रायथलन कप हुने भएसंगै यहाँका पर्यटन व्यवसायीहरु निकै उत्साहित हुनु भएको छ । उक्त खेलले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । धेरै देशका खेलाडीको साथमा उनका आफन्तहरु पोखरा आउनुले पोखरामा खेल संगै पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिमा रहेको बताउदै अध्यक्ष श्रेष्ठले उक्त प्रतियोगितालाई सम्पन्न गर्न परिषदले आवश्यक सहयोग गर्न तयार रहेको जनाउनु भयो । पोखरामा हुने सातौं एसिया ट्रायथलन कप… पुरा पढौ