मनोरन्जन

पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत, वार्षिकोत्सवमा परिकल्पनाकारहरुलाई सम्मान

यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा… पुरा पढौ

मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले… पुरा पढौ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि ब्यवशायीहरुनै लाग्नुपर्नेमा जोड दिए । आफुहरुको ब्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि ब्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन ब्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार… पुरा पढौ

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु, ४५ प्रतिशत सेवाग्राहीलाई सहजता

गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक… पुरा पढौ

नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी, ज्ञानपानको अवसर

पोखरा, ६ वैशाख, पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र अहिले ज्ञानमय बनेको छ । महायज्ञमा बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रम हुने गरेका छन् । दिउँसो १ देखि साढे ४ बजेसम्म नियमितरुपमा भइरहेको श्रीमद्भागवत् कथा प्रवचन श्रवण गर्न भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए । बिहीबार पनि मुख्यवाचक हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का डाँडै पिच्छे पर्यटकीय गन्तव्य, छिट्टै संचालनमा आउँदै छ नियाले डाँडामा बुद्ध पार्क

दीननाथ बराल,पोखरा ६, वैशाख, मौसम खुलेको समय होस पोखरा २२ पुम्दी भुम्दीका जुन सुकै डाँडामा पुगेर हिमाल, फेवाताल, पोखरा लगायतका दृश्यावलोकन एकै स्थानबाट सहज रुपमा गर्न सकिन्छ । ५ दशक अघि विश्व शान्ति स्तुपाःले जुन रुपमा चर्चा र परिचर्चासंगै पोखरा २२ को धार्मिक एवं पर्यटन प्रबद्र्धनमा टेवा पुर्यायो त्यसै गरी पछिल्लो केही बर्ष देखि पुम्दीकोटमा बिशाल महादेवको मूर्तिले सायद पोखराको नयाँ तथा प्रमुख पर्यटकीय गन्तव्य जस्तै नै बनेको छ । पोखरा आएका आन्तरिक ताथ बाह्यि पर्यटकहरु मध्य अधिकांश पर्यटकहरुको पहिलो… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव ८ गते वृहत पुर्नमिलन

पोखरा, ५ वैशाख, स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार अर्थात ८ वैशाखमा गर्ने वृहत पुनर्मिलन समारोहको तयारी पुरा भएको जनाएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने… पुरा पढौ

आलु महोत्सवमा ४ करोडको कारोवार

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ ।त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु।१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड… पुरा पढौ

३० लाखको आलु बिक्री

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु।३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु।४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि… पुरा पढौ

सहारा क्लवसंग मैत्रिपूर्ण फुटवल खेलमा वेलायतको युजिई समुह विजयी

सागर सुनार,पोखरा ४, वैशाख, पोखराको सहारा क्लवसंग आज (मंगलबार) भएको मैत्रिपूर्ण फुटवल खेलमा वेलायतको ए थ्रि सिक्स इन्जिनियर रेजिमेन्ट एण्ड क्विन्स गोर्खा इन्जिनियर (युजिई) विजयी भएको छ । सहारा एकेडेमीको खेल मैदानमा भएको खेलमा यूजिईले सहारा क्लवलाई ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । यूजिईको जितमा सिनक्लियरले २ र कप्तान आमोसले एक गोल गर्नु भएको थियो । शुसिल लामाको कप्तानीमा मैदानमा उत्र्रिएको सहारा क्लवको तर्फबाट भने मुकुन्द निउरेले एक शान्त्वना गोल गर्नु भयो । यसैबिच, उक्त खेलको… पुरा पढौ