अर्थतन्त्र

प्रदेशका भौतिक मन्त्री गुरुङलाई कारवाही गर्न माग

दीननाथ बराल,पोखरा १४, साउन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न माग गरिएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापा समक्ष कारवाहीको माग गरेको हो । नैतिक आचारणको ख्याल नगर्ने र पत्रकार माथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री गुरुङले नामै किटेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको मञ्च गण्डकीका अध्यक्ष भरतराज कोइरालाले बताउनु भयो । मञ्चले सोमबार ध्यानाकर्षण गराउदै नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने… पुरा पढौ

अपडेटः पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको ज्यान गयो

दीननाथ बराल,पोखरा १४, साउन, पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको ज्यान गएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलको बस पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट पल्टना पुग्दा बिद्यालयकी कर्मचारी पोखरा २१ रामदीकी ३३ बर्षकी आरती विक र उहाँको ६ बर्षको छोरा प्रिन्स बि.क.को उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । उहाँहरुको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बस दुर्घटनामा परी बस चालक पोखरा १७ का ५५ बर्षका… पुरा पढौ

पोखराको रामघाटमा पानीको सतह बढ्दा ताल बन्यो, भिडियो सहित

दीननाथ बराल, पोखरा १३, साउन, पोखराको रामघाटमा पानीको सतह बढेर ताल बनेको छ । गएरातिबाट परेको ठुलो बर्षाले गर्दा सेतीनदीमा पानीको बहाब बढ्दा रामघाटमा यस बर्षको दोश्रो पटक पानीको सतह बढेर ताल बनेको स्थानियले बताउनु भयो । आज बिहान ४ः०० बजे देखि रामघाटमा पानी थुनिदा पानीको सतह बढेर आएको र बिहान ७ः०० बजे देखि विस्तारै खोलीदै गएको स्थानिय कर्णबहादुर गुरुङले बताउनु भयो । २०७९ सालमा रामघाटमा ताल बन्दा स्थानिय ८ र विस्थापित नै हुनु परेको हाल बस्ती नजिक पानीको सतह… पुरा पढौ

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा, साउन १३, पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत तथा अभिमूखिकरण गरिएको छ । विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’ विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव… पुरा पढौ

पोखरामा पत्रकारलाई कुटपिट गर्ने ५ जना पक्राउ, सर्वत्र बिरोध

दीननाथ बराल,पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ५ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त घटनाको बिषयमा हाल सर्वत्र बिरोध भएको छ । पत्रकार माथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा गोरखा भच्चेक घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने ३३ बर्षका बुद्धि बहादुर… पुरा पढौ

पोखरामा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा संचालन नहुँदा यात्रुलाई सास्ती(भिडियो) सहित

दीननाथ बराल,पोखरा १३, साउन, पोखरा सहित गण्डकी प्रदेशमा आज(आइतबार) बिहानै देखि सार्वजनिक यातायात सेवा संचालन नहुदा यात्रुहरुले सास्ती भोग्नु परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आइतबार देखि महासंघमा आबद्ध कालोप्लेटका सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगर्दा यात्रुले सास्ती भोग्नु परेको हो । प्रदेशमा राइड शेयरिङ एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा (कालो प्लेटका सवारी साधन) ठप्प पारेको हो ।आफ्नो माग… पुरा पढौ

पोखरा युनाइटेडमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

कास्की, पोखरा–१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । “जीवनको लागि शिक्षा” भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड स्थित क्रिस्टल पार्टी प्यालेस मा स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि को रुपमा रास्ट्रीय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्षमण देवकोटा भएको कार्यक्रममा नब आगन्तुक करिब १०० जना विद्यार्थी लाई स्वागत गरिएको हो । विद्यालय का शिक्षक र कर्मचारी एवम् उप प्राचार्य देवेन्द्र… पुरा पढौ

नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए । शनिबार बिहान… पुरा पढौ

पोखरा आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग

पोखरा १२ साउन, लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यु, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग गरेको हो । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर रिमाल,… पुरा पढौ

समदृष्टि बचत तथा ऋण सहकारीमा पुनः लक्ष्मण

दुलेगौंडा, १२ साउन, पोखरा–२६ स्थित दृष्टिविहिनद्धारा सञ्चालित समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार पोखरा–२६ बुढिबजारमा भएको १३ औं साधारण सभा तथा सातौं अधिवेशनबाट उपाध्यक्षमा दण्डपाणी ढकाल, सचिवमा छविलाल आले, कोषाध्यक्षमा सुशिल गोदार, सहसचिवमा रीता केसी सर्वसम्मत भए । सदस्यहरुमा प्रमोद दाहाल, पुष्पराज रिमाल, सुनिता ज्ञवाली र सुस्मिता थापा रहेका छन् । यसैगरी लेखा समिति संयोजकमा शिशिर खनाल, सदस्यहरुमा अमृत बराल र सानुमाया पौडेल छन् । निर्वाचन समिति संयोजक लोचना… पुरा पढौ