
दीननाथ बराल,
पोखरा १३, साउन,
पोखरामा पत्रकारलाई कुटपिट गर्ने ५ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त घटनाको बिषयमा हाल सर्वत्र बिरोध भएको छ ।


पत्रकार माथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा गोरखा भच्चेक घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने ३३ बर्षका बुद्धि बहादुर बयलकोटी (मजदुर), पोखरा ९ शान्तिबन बस्ने ४१ बर्षका सुर्य बहादुर नेपाली (ट्याक्सी चालक), पोखरा १६ लामाचौर बस्ने १६ बर्षका प्रशान गुरुङ (बसको सहचालक) र लम्जुङ सुन्दरबजार नगरपालिका १ कुन्छा घर भई हाल पोखरा ५ जिरो बस्ने २८ बर्षका ट्याक्सी चालक) सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । त्यसै गरी स्याङजा आधिखोला २ चिलाउनेवास घर भई हाल पोखरा १७ बस्ने बर्ष ३५ का टंक बहादुर क्षत्रीलाई समेत पक्राउ गरिएको छ ।
उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गरेका थिए । उनीहरुलाई सार्वजनिक मुद्धा अभद्र व्यवहार कसुरमा मुद्धा चलाउने भएकोे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वशन्त कुमार शर्माले बताए ।
पत्रकार माथि कुटपिट भएको घटनाको बिषयमा धेरै संघ संस्थाहरुले विज्ञेप्ति प्रकासन गर्दै दोषी उपर कार्वाहीको माग गर्नु भएको छ ।


उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गरेका थिए । उनीहरुलाई सार्वजनिक मुद्धा अभद्र व्यवहार कसुरमा मुद्धा चलाउने भएकोे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वशन्त कुमार शर्माले बताए ।
उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गरेका थिए । उनीहरुलाई सार्वजनिक मुद्धा अभद्र व्यवहार कसुरमा मुद्धा चलाउने भएकोे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वशन्त कुमार शर्माले बताए

उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गर्नु भएको थियो । भने विनुको क्यामरा समेत खोस्ने प्रयास समेत गरेको बिनुले पोखराक्लिकलाई जनाउनु भयो ।उक्त घटनाको बिषयमा नेपाल पत्रकार महासंघ कास्कीले घोर निन्दा र भर्त्सना गरेको छ । पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै गरिएको दुर्व्यवहार र कुटपिट प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर रहेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ’बिनु’ र सञ्चारकर्मी सुरज थापालाई आज साउन १३ गते पोखराको पृथ्वीचोकमा भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनसँग नेपाल पत्रकार महासंघ कास्की जोडदार माग गरेको सचिव माधव बरालले बताउनु भयो । पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन ध्यानाकर्षण समेत गराएको छ ।


गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा आज (आइतबार) बिहानै देखि सार्वजनिक यातायात सेवा ठप्प भएको छ । प्रदेशमा राइड शेयरिङ एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गंण्डकी प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा (कालो प्लेटका सवारी साधन) ठप्प पारेको हो । आफुहरुको माग पूरा नभएकोले आज देखि आफ्ना सम्पूर्ण यातायात सेवा घर ग्यारेज गरी सेवा ठप्प पारेको महासंघ प्रदेश संयोजक केदार प्रसाद पौडेलले बताउनु भयो । पोखरामा अहिले पनि पठाओ, इनड्राइभ, टुटर, ई ड्राइभ लगायतका एपबाट यात्रु ओसारपोसार भई रहेको छ । पोखरामा सार्वजनिक सवारी साधन संचालन नहुदा आफुहरुले बढी जिम्मेवार भई पोखरा क्षेत्रमा सेवा दिएको शेयरिङ राइडका संचालकहरुले पोखराक्लिकलाई बताउनु भएको छ । उक्त घटनाको बिषयमा पत्रकारका विभिन्न संघ संस्थाहरुले बिरोध गर्दै पत्रकार माथि हुने कुटपिट र दुरव्यवहार तत्काल बन्द गरी कडा कार्वाहीको माग समेत गर्नु भएको छ ।




