अर्थतन्त्र

पोखरा रंगशालामा ५ वर्षका लागि ५ ठाँउमा फ्री वाइफाइ

दीननाथ बराल, पोखरा, १७ कात्तिक, पोखरा रंगशाला फ्री वाइफाइ जोनको रूपमा विकसित गरिने भएको छ । चर्चीत इन्टरनेट कम्पनी वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडको प्रविधिक सहकार्यमा जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशालामा ५ ठाँउमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने गरी सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा समितिका अध्यक्ष मिलन गुरुङ र वल्र्ड लिंक कम्युनिकेशनका गण्डकी जनसम्पर्क अधिकृत यूसुफ श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । सम्झौता आगामी पाँच वर्षका लागि ५ ठाँउमा लागु हुने समितिले पोखराक्लिकलाई जनाएको छ । सम्झौता अनुसार,… पुरा पढौ

राष्ट्रिय व्यापार मेला र क्यान इन्फोटेकको तयारी सुरु, खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा फर्काउने उद्देश्य ः अध्यक्ष कार्की

पोखरा,१७ कात्तिक, पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन,… पुरा पढौ

सहारा क्लब पोखराका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना

पोखरा बसपार्कको सहारा बाल आधारभूत विद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बहुचर्चित सहारा क्लब पोखराको २७औँ बार्षिक साधारण सभा एवं १४ औँ अधिवेशनबाट हालै नवनिर्वाचित टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयको स्थापनाकाल देखि हाल सम्म शैक्षिक क्षेत्रमा विभिन्न समयमा नजिकबाट रहेर उल्लेखनीय रुपमा सहयोग गर्दै आईरहेको यस संस्थालाई विद्यालयमा एक कार्यक्रमबिच प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९,का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र बिद्यालयका अध्यक्ष विक्रम थकालीले नवनिर्वाचित टिमलाई टिका माला पहिराई स्वागत र शुभकामना व्यक्त गरेका… पुरा पढौ

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

पोखरा, १७ कात्तिक, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका लागि पुग्नु भएका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिनुभएको थियो । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभएको थियो । निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य… पुरा पढौ

तीन दिने ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

पोखरा, १७ कात्तिक, होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आईतबारदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम सुरु भएको छ । पश्चिम नेपालका बुटबल, बर्दीया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवद्धनात्मक टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानले विदाइ गर्नुुभएको थियो । टोलीले आइतबार बुटबलमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरेको छ । कार्यक्रममा… पुरा पढौ

“मायामा मायामा” गीत सार्वजनिक : पोखराबाट बनेको प्रेमिल कथा

पोखरा, डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन् । लमजुङको… पुरा पढौ

आर्वामा तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो रेस’ हुने ९ देशका खेलाडी सहभागि हुदै

पोखरा, १७ कार्तिक, पोखरा महानगरपालिका–१३ आर्वामा यस बर्ष तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साईक्लिङ रेस’ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु हुने भएको आयोजक डाउनहिल डष्क प्रालिले पोखराक्लिकलाई जनाएको छ । डाउनहिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा ८ देशका साईक्लिष्टले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंकाका खेलाडीले नाम दर्ता गराइसकेका छन्। ओमानको राष्ट्रिय टोली समेत सहभागी हुने प्रालिले जनाएको छ । प्रालिका प्रबन्धक तथा रेस… पुरा पढौ

आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा

पोखरा, नेपालकै सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२’ मा उपाधिको बलियो दाबेदारीका रूपमा रहेको आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा रहेको छ। पोखराको महिला टोली हाल झापाको दमकमा करिब १० दिनदेखि ‘क्लोज क्याम्प’ अर्थात् बन्द प्रशिक्षणमा व्यस्त रहेको हो। सोमबार (कात्तिक १७ गते) बाट शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुने गोल्डकपका लागि टोलीको तयारीलाई अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ। आरएस पोखराले प्रतियोगिताको पहिलो खेलमा कात्तिक २० गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भिड्नेछ। त्यसअघि टोलीले… पुरा पढौ

पोखरामा पनि हरि बोधनी एकादशी धुमधामका साथ मनाईयो(भिडियो सहित)

दीननाथ बराल, पोखरा १५, कात्तिक, पोखरामा पनि आज (शनिबार) हरिबोधनी एकादशी पर्व धुमधामका साथ मनाइएको छ । भगवान बिष्णुका भक्तहरुले भजनकृतनको साथमा पोखरा रामघाटको तुल्सीघाटमा सेतीनदीमा स्नान सहित फुल तारेर, तुल्सीघाट किनारामा तुल्सी रोपेर पुजा आज गरी यो पर्व धुमधामका साथ मनाउनु भएको हो । https://www.youtube.com/watch?v=qh_o24Ryz-s पोखराको रामघाट तथा तुल्सीघाटमा भक्तजनहरुको विहानै देखि भिडभाड भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले पोखराक्लिकलाई जनाएको छ । तुल्सीघाट जाने बाटोमा शिव लिङहरु हालै निर्माण भएकोले बिष्णुका भक्तहरुले दुध समेत चढाउनु भएको छ… पुरा पढौ

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा, कार्तिक १५, गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् । प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन… पुरा पढौ