अर्थतन्त्र

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता

काठमाडौँ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता भएको छ । तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समितिले आयोगमा दल दर्ता गरिदिन निवेदन दिएको हो । संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा आयोग पुगेर दल दर्ताको निवेदन दर्ता गराइएको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने गरी प्रक्रिया अगाडि बढाइदिन समाजवादी समावेशी पार्टी (ससपा) ले आयोगलाई अनुरोध… पुरा पढौ

पोखरा १० के रेसको उपाधि तामाङ र भण्डारीलाई (भिडियो सहित), सांगितीक माहोलमा रमाए खेलाडी

दीननाथ बराल,पोखरा, २९ कार्तिक, शनिबार पोखरा रंगशालामा छुट्टै माहोल देखियो । जाडो मौसम सुरु भएसंगै हल्का हावा चलेकै थियो भने मौसम खुलेर माछापुच्छ«े सहितका हिमश्रृखलाले पोखरा रंगशालामा आगन्तुक खेलाडी सहितका अतिथिहरुलाई स्वागत गरेको थियो ।बिहानै देखि सेतो टिसर्ट लगायर रंगशालमा पुगेका युवा जमात एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस प्रतियोगितामा सहभागि हुन निकै उत्साहित भएका थिए । https://www.youtube.com/watch?v=6RV8Q4337NI कास्की जिल्ला एथलेटिक्स संघले शनिबार पोखरामा पहिलो पटक आयोजना गरेकोे उक्त प्रतियोगितामा अपेक्षा गरे भन्दा २ सय ८० जना बढी खेलाडी… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्षमा गोदार

पोखरा, पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार पुनः नियुक्त हुनु भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार पुनः नियुक्त हुनु भएको हो । करिब १४ महिना पछि पुनः गोदार अध्यक्षमा नियुक्त हुनु भएको हो । पोखरा–१७, घारीपाटनका गोदार करिब ३५ वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक रहनु भएको कराँते प्रशिक्षकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँको प्रशिक्षणमा गण्डकी प्रदेशले छैटौँ, सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ लगातार च्याम्पियन… पुरा पढौ

कुमुदिनी होम्समा तहगत हाजिरीजवाफ सम्पन्न

पोखरा २८,कार्तिकपोखरा महानगरपालिका ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा तहगत रूपमा दुई दिने अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्मन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिकाअनुसार बिहीवार प्राथमिक तह र माध्यमिक तहको हाजिरीजवाफ सम्पन्न भएको थियो । प्राथमिक तह इन्चार्ज कुसुम गुरुङ क्विज मास्टर रहेको कार्यक्रममा लालीगुँरास सदनका आविष्कार लामिछाने, ओसुन द्वा, दिप्सन आचार्य र कलिष्का बस्नेतको समूह प्रथम र विप्सन खनाल, समानता तिवारी , रुवि ढकाल र जेनिशा खड्काको समूह द्वितीय भएका थिए । त्यस्तै शिक्षक… पुरा पढौ

मेजर लक्ष्मी प्रसाद गुरुङ दम्पतीद्वारा युवा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

पोखरा, कात्तिक २८, समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङ र उहाँकी धर्मपत्नी हुम कुमारी गुरुङले नेपाल आदिवासी जनजाती महासंघ ९फोनिज शाखा०को संयोजनमा अक्षयकोष स्थापना गर्नुभएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशिल आदिवासी जनजाती युवा पत्रकारको प्रोत्साहन स्वरुप बैबाहिक बर्षगाँठको अवसरमा मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर युवा पत्रकारिता पुरस्कार वितरण गरिनेछ । शुक्रबार बसेको बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० कास्कीका सल्लाहकार हुम बहादुर गुरुङको संयोजकत्वमा छनौट समिति समेत गठन गरेको छ । सदस्यहरु फोनिज गण्डकीका इञ्चार्ज… पुरा पढौ

पोखरामा मधुमेह दिवस मनाइयो

पोखरा, २८ कात्तिक, नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ । दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण,… पुरा पढौ

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

पोखरा, गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको… पुरा पढौ

नेपालमै बनेको मुभइन एपलाई प्रयोग गर्न आग्रह, यातायात व्यवसायलाई नजरअन्दाज गरे दुर्घटना हुन्छः अध्यक्ष स्वाँर (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २७ कात्तिक, नेपालमै बनेको राइड शेयररिङ एप मुभइन एपलाई अनिवार्य रुपमा प्रयोग गर्न यातायात व्यवसायीहरुले आग्रह गर्नु भएको छ । पोखरेली ट्याक्सी सेवा प्रा.लि.को विहिबार पोखरामा सम्पन्न ७ औं साधारण सभाको उद्घाटनको अवसरमा यातायात व्यवसायीहरुले पोखरामा हालै संचालनमा ल्याएको नेपालमै बनेको मुभईन एपलाई ट्याक्सीबाट यसको सुरुवात गरी देश व्यापी प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनु भएको हो । https://www.youtube.com/watch?v=Q314Mfsinr4 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष बिजय बहादुर स्वाँरले नीजि क्षेत्रको ठुलो लगानी रहेको यातायात क्षेत्रलाई उद्योगको रुपमा मान्यता… पुरा पढौ

पोखरामा शनिबार हुने १० किलोमिटर पोखरा सडक दौडमा १ हजार २ सय जना धावक सहभागि हुने

दीननाथ बराल, पोखरा, २७ कार्तिक, पोखरामा शनिबार हुने खुल्ला १० किलोमिटर सडक दौड प्रतियोगितामा १ हजार २ सय जना धावक सहभागि हुने भएका छन् । कास्की जिल्ला एथलेटिक्स संघले पोखरामा पहिलो पटक यही कार्तिक २९ गते (शनिबार)आयोजना गर्न लागेको ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस’मा १ हजार २ सय जना धावक सहभागि हुने भएको संघले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । पोखरा रंगशालाबाट सुरू हुने दौडमा १० किमितर्फ ४६२ जनाले सहभागिता जनाउने भएकाछन् ।… पुरा पढौ

एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान, टप १०० भित्र प्रतिभाका ५ विद्यार्थी

पोखरा, २७ कार्तिक, पोखराको प्रतिभा माविले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२÷०८३ का लागि सञ्चालित एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीलाई बधाईका साथ सम्मान गरेको छ । आयोगले मंगलवार प्रवेश परिक्षा नतिजा सार्वजनिक गर्दै योग्यताक्रममा परेका नामसूची प्रकाशित गरेको थियो । ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूले नाम निकालेकोमा उत्कृष्ट १०० भित्र प्रतिभा एकै विद्यालयबाट ५ विद्यार्थी परेका छन् ।टप १०० मा नाम निकाल्ने विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिनाका साथै… पुरा पढौ