अर्थतन्त्र

पर्यटन व्यवसायी बसन्त दवाडीको निधन

पोखरा, कास्कीका पर्यटन व्यवसयाी बसन्त दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासमा अग्रणी भुमिका खेल्दै आउनु भएको थियो । नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (नां) का समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज… पुरा पढौ

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छ ः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश… पुरा पढौ

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सापकोटा

पोखरा, २९ कार्तिक, पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले संचालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ । शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश विष्णु कार्की, बलराम बराल, शोभाकान्त सिग्देल, शारदा पराजुली, युवराज त्रिपाठी र हिमबहादुर गुरुङ रहेका छन् । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु र विश्वविद्यालयको तर्फवाट सहयोग गर्न सदैव तयार रहेको भने । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर र आत्मविश्वासी… पुरा पढौ

शिव शक्ति क्याम्पसमा टुवराज अध्यक्ष

पोखरा, २९ कात्तिक, शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद… पुरा पढौ

टाइगर कप भलिवल प्रतियोगिता माघ दोश्रो साता हुने, पुरस्कार राषि बृद्धि

दीननाथ बराल,पोखरा २९, कार्तिक, पोखरामा आउँदो माघ दोश्रो साता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ ९ देखि १७ गतेसम्म हुने उक्त प्रतियोगिता हुने भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ ।यस बर्ष पुरस्कार राषिमा बृद्धि गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताए । समय सापेक्ष पुरस्कार राषिमा थोरै बृद्धि गरिएको उनले पोखराक्लिकलाई जनाए । महिला तथा पुरुष तर्फ विजेता हुने टोलीलाई जनही ६ लाख… पुरा पढौ

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा नेपालको वर्चश्व

कार्तिक २७, पोखरा, पोखरामा शनिबार सम्पन्न भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता (पोखरा इन्डुरो रेस) मा नेपालको वर्चश्व रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी थिए । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगितामा नेपालले वर्चश्व कायम गर्न सफल भएको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । ३० देखि ३९ वर्ष सम्मका मास्टर्स ुएु विधामा नेपालका राजन भण्डारी… पुरा पढौ

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट, मानव सेवा आश्रमलाई हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार

पोखरा, २९ कार्तिक, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताउनुभएको छ । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उहाँको भनाई छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उक्त पुरस्कार यस वर्ष मानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको छ । समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाख अक्षयकोष खडा… पुरा पढौ

दशनामी समाज कास्कीको साधारण सभा सम्पन्न

पोखरा, कात्तिक २९, नेपाल दशनामी समाज जिल्ला कार्यसमिति कास्कीले १२ औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले गरे । उनले साधारण सभाको उद्घाटनपछि बोल्दै दशनामी समाजको हकहितका लागि सबै एकताबद्ध भएर अगाडी बढनुपर्नेमा जोड दिए । उनले दशनामी समाजका लागि हुने सकरात्मक कार्यलाई सबैले साथ दिनुपर्ने बताउदै अब हुने केन्द्रीय महाधिवेशनबाट कास्कीले नेतृत्व लिनका पहल गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशन पोखरामा गर्न कास्कीले निर्णय गर्नसके नेतृत्वका… पुरा पढौ

२ अर्ब भन्दा बढी कारोबारमा सयपत्री सहकारी

पोखरा, २९ कात्तिक, सयपत्री सहकारी संस्था लिमिटेडले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाउँदै आफ्नो १६औँ वार्षिकोत्सव शनिबार पोखरामा मनाएको छ। सहकारीले उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मानसँगै सहकारी सिद्धान्त, वित्तीय अनुशासन र सदस्य सचेतनाबारे प्रशिक्षणसमेत सम्पन्न गरेको जनाएको छ। पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहकारीले स्थानीय क्षेत्रमा आर्थिक व्यवहारमार्फत समुदायमा सकारात्मक प्रभाव पारिरहेको स्मरण गरिएको थियो। अध्यक्ष कर्माचार्यले सहकारीलाई मानव सेवा र स्थानीय विकाससँग जोडेर… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी

पोखरा, कात्तिक २९, पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुनेछ । सो दिन विहान ७ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाइएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ… पुरा पढौ