अर्थतन्त्र

पोखरा ड्यामसाइड खोलामा घाटीमा गहिरो चोट सहित सुटकेसमा महिलाको शव भेटियो

दीननाथ बराल,पोखरा १७, फागुन पोखरा महानगरपालिका–६ ड्यामसाइड क्षेत्रस्थित खोलामा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। आज बिहान करिब ८ बजे तिर स्थानीयले नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको शंकास्पद सुटकेस देखेपछि बैदाम वडा प्रहरी कार्यालय लाई खबर गरेका थिए। सूचनापछि पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रारम्भिक अवलोकनमा मृतकको घाँटीमा… पुरा पढौ

‘हब हस्पिटल र बिग स्कूल अवधारणा चाहिएको छ’-मनोज

पोखरा, गाउँमै स्वास्थ्य चौकी छ । तर भवन मात्रै छ । औषधी छैन, डाक्टर छैनन् । विरामीले सामान्य उपचारका लागि पनि पोखरा र काठमाडौं धाउनुपर्छ । देशैभरका ग्रामिण क्षेत्रमा यही समस्या छ । यसको समाधान सके सबै स्वास्थ्यचौकीमा सुविधा सम्पन्न उपकरण र दक्ष जनशक्ति चाहिन्छ, नभए हब हस्पिटलको अवधारणामा जानुपर्छ । कास्की ३ का उम्मेद्वार मनोज गुरुङ मतदातालाई भेट्दा स्वास्थ्य, शिक्षा, रोजगारीमा बढि चिन्तन गर्छन् । ‘अस्पताल भएपनि उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार हो । हाम्रोतिरका सबैजसो स्वास्थ्यचौकी सिटामोल बाँड्ने… पुरा पढौ

ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योगलाई परम्परागत शैलीबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने योजना छः स्वतन्त्र उम्मेदवार डा.निरञ्जन कोइरालासंग

पोखरा, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालाले ‘विज्ञानबाट विकास’को स्पष्ट कार्यदिशा सहित पोखरा महानगरपालिका अन्तर्गतका ११ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । चुनाव चिन्ह मसी लिएर मैदानमा उत्रिएका डा. कोइरालाले “पाँच वर्षमा पाँच काम” को प्रतिबद्धता सार्वजनिक गर्दै ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योग क्षेत्रलाई परम्परागत ढाँचाबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने दीर्घकालीन योजना अघि सारेका हुन् । उनले वैज्ञानिक क्रान्ति मार्फत देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजान वैज्ञानिक… पुरा पढौ

करणको योजना लेखनाथमा लेक सर्किट, ग्रामीण भेगमा स्याटलाइट सिटी

पोखरा, १७ फागुन, कास्की क्षेत्र नम्बर १ मा आउँदै गरेको निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङ(करण) योजनावद्ध र व्यवहारिक घोषणापत्रसहित मैदानमा छन् । कास्की १ का लागि अहिलेका मुख्य प्रतिस्पर्धी नेकपाका करणसँगै नेपाली कांग्रेसका तिलक रानाभाट, एमालेका बैनबहादुर अधिकारी क्षेत्र र रास्वपाका गनेस पौडेल सबै नयाँ हुन् । उम्मेदवारहरुले चुनावी प्रतिवद्धता र घोषणापत्र लिएर मत माग्न जाँदा करण भने विगतमा गरेका कामको फेहरिस्त लिएर मतदातामाझ छन् । नेकपा नेता वर्षमान पुन अर्थमन्त्री भएका… पुरा पढौ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाइ आक्रमणमा मारिएको दाबी, ४० दिनको शोक घोषणा, एक हप्ता सार्वजनिक बिदा,

काठमाण्डौं ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनले अमेरिकासँगै इजरायल ले राजधानी तेहरान मा गरेको संयुक्त आक्रमणमा खामेनी मारिएको उल्लेख गर्दै यसलाई “न्याय भएको” टिप्पणी गरेका छन्। यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था अमेरिकी टेलिभिजन नेटवर्क तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए। इजरायलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले उक्त समाचार प्रसारण गरेका हुन्। इरानको अर्धसरकारी समाचार संस्था लाई उद्धृत गर्दै अमेरिकी पत्रिकाले पनि खामेनीको मृत्यु भएको उल्लेख गरेको छ। पछिल्लो… पुरा पढौ

गण्डकी प्रदेशको निर्वाचनको तयारी अन्तिम चरणमा, कास्कीका ४ उम्मेदवारले बैंक खाता खोलेनन, ३ जनाको प्राविधिक समस्या (भिडियो सहित)

दीननाथ बराल,पोखरा १६, फागुन, गण्डकी प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को अन्तिम तयारी तिव्र पारिएको छ । प्रदेशभर झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गर्दै निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गण्डकी प्रदेश निर्वाचन कार्यालयले आज(शनिबार पोखरामा आयोजना गरेको पत्रकार छलफल कार्यक्रममा जनाएको हो । https://www.youtube.com/watch?v=itdZPon9l84 यही फागुन १८ गतेभित्र सबै मतदान अधिकृत तथा सहायक अधिकृतसहितको टोली मतदान स्थलमा पुग्ने तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकीका ११ जिल्लामा… पुरा पढौ

प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला

पोखरा, विद्यार्थीमा साहित्य, कला र संगीतको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ । मेलामा अग्रज साहित्यकार, गायक, कविका अनुभव र प्रस्तुतीसँगै साक्षात्कार पनि गरिएको थियो । कार्यक्रमको साहित्यकार मूर्धन्य साहित्यकार सरूभक्तले उद्घाटन गरे । विद्यार्थीसँग प्रश्नोत्तर साक्षात्कारमा सहभागी हुँदै सरूभक्तले पछिल्लो पुस्ता निकै भाग्यमानी रहेको बताए । ‘हाम्रो समयमा आफ्नो कला र प्रतिभा उजागर गर्नका लागि यस्ता स्थान प्राप्त हुन्थेन । अहिले बालबालिकाहरूलाई सानै देखि आफ्नो… पुरा पढौ

रेडक्रसको कविता प्रतियोगितामा दीपशिखा पहिलो

पोखरा, फागुन १६, नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् । त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध… पुरा पढौ

लिटल फ्लावरमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

लेखनाथ, १६ फागुन, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा आयोजित त्रिदिवसीय शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार पुरस्कार वितरणसँगै सम्पन्न भएको छ। विद्यार्थीहरूको बहुआयामिक प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा शैक्षिक उपलब्धि, खेलकुद प्रतिस्पर्धा तथा बाल प्रतिभा पहिचान अन्तर्गत भाषणकला, कविता वाचन, गायन, नृत्य र नाटक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । समापन समारोहमा प्रमुख वक्ताका रूपमा बोल्दै राष्ट्रिय परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश का शिक्षा… पुरा पढौ

पोखरा शेर्पा समाजद्वारा ग्याल्पो ल्होसार मनाइयो

शेर्पा समुदायको महान पर्व २१५३औँ मे फा ता लो ग्याल्पो ल्होसारको अवसरमा पोखरा शेर्पा समाज कास्कीले शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। बुलौदीस्थित हिमचुली पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। समाजका अध्यक्ष राजेश शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोपेन गोम्पु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित। प्रमुख अतिथि शेर्पाले ग्याल्पो ल्होसारले शेर्पा समुदायको ऐतिहासिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक मौलिकतालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भाषा, भेषभूषा, परम्परा र संस्कारको… पुरा पढौ