शेर बहादुर देउवा पक्ष नेपाली कांग्रेस गण्डकीको नेतृत्वमा मेखलाल श्रेष्ठ, पदाधिकारीसहित कार्यसमिति निर्विरोध निर्वाचित

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ११ मंसिर,

शेर बहादुर देउवा पक्ष नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ। पोखराको बास्तोलाथरस्थित सिल्भर प्लेट पार्टी प्यालेसमा सम्पन्न पार्टीको गण्डकी प्रदेश अधिवेशनबाट श्रेष्ठसहित पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको हो।

नेतृत्व चयनका लागि आकांक्षीहरूबीच भएको छलफल, सहमति र समन्वयपछि निर्वाचन प्रतिस्पर्धाबिनै सम्पन्न भएको हो। निर्वाचन समितिले उम्मेदवारहरूबीच सहमति कायम गराउँदै सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढाएको थियो। निर्वाचन समितिका अनुसार उपसभापतिमा आशिक गुरुङ, उमा कुमारी ठकुरी र सञ्जय सिलवाल निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी महामन्त्रीमा पोषनाथ शर्मा, मोहन गुरुङ र राजकुमार पाण्डे निर्वाचित हुनुभएको छ।

सहमहामन्त्रीमा भक्तबहादुर श्रेष्ठ, लोकबहादुर मल्ल र इन्द्रप्रसाद पौडेल निर्विरोध चयन हुनुभएको छ भने कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ। एक जना महिला सहमहामन्त्री भने पछि नियुक्त गरिने जनाइएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिसहित पदाधिकारी तथा सदस्य गरी १०१ सदस्यीय रहने व्यवस्था छ। जसमा सभापतिले २० जना सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ।

उम्मेदवारहरूबीच सहमति कायम गरी पार्टीभित्र एकता र सहकार्यको सन्देश दिने उद्देश्यले निर्वाचन समितिले मंसिर ६ गते प्राप्त उम्मेदवारीका आधारमा छलफल तथा समन्वय गरेको थियो। सोही प्रयासपछि नेतृत्व र सदस्यहरू निर्विरोध चयन भएका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले मंसिर ५ गते उद्घाटन गर्नुभएको अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन भएको हो।

जिल्ला प्रतिनिधित्वसहित प्रदेश कार्यसमितिमा निर्विरोध सदस्य चयन
अधिवेशनबाट गण्डकी प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी प्रदेश कार्यसमिति सदस्यहरू पनि निर्विरोध निर्वाचित हुनुभएको छ। उपलब्ध निर्वाचन विवरणअनुसार कास्की, बागलुङ, गोरखा, मुस्ताङ, पर्वत, तनहुँ, मनाङ, म्याग्दी, नवलपुर, स्याङ्जा र लमजुङलगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरू चयन हुनुभएको हो। निर्विरोध निर्वाचित सदस्यहरूको उपलब्ध नामावली .

कास्की

तरुण मणि सुवेदी
सीतादेवी सुवेदी
मृग सिं गुरुङ
कल्पना तिवारी
कल्पना तिमिल्सिना
ज्ञानु परियार
ललितबहादुर कुँवर
यमप्रसाद तिमिल्सिना
मुक्तिनाथ पौडेल
भास्कर ध्वज श्रेष्ठ
शर्मिला खड्का

बागलुङ

चित्रबहादुर गुरुङ ९लेकाली०
ज्योति केसी
शिव आचार्य
हिराबहादुर घर्ती
चिन्तामणि दर्जी
सुमन भुसाल
अरुण पौडेल
प्रनिश राजभण्डारी
हिमानाथ शर्मा
दयाराम आचार्य
फमबहादुर खत्री
लछुमाया पुन

गोरखा

धनप्रसाद गुरुङ
ज्योति थापा
रोशन गुरुङ
रामबहादुर थापा
बुद्धिबहादुर तामाङ

मुस्ताङ

टीकाराम देवकोटा
पामुल थकाली
सुशीला थकाली
रीता राना थापा

पर्वत

कृष्ण गुरुङ (उज्ज्वल गुरुङ)
सीमा पुन
आनन्द भुसाल
निर्माया लामा

तनहुँ

पञ्चबहादुर गुरुङ
कमला तिलिजा
दीर्घबहादुर बानियाँ
आशिष क्षेत्री

मनाङ

मुखिया गुरुङ
कर्मा तेन्जिन

म्याग्दी

मोहनबहादुर महत
पदमबहादुर पुर्जा
विष्णुहरि अधिकारी
प्रेमप्रसाद रोका
धनबहादुर गुरुङ
नवलपुर

सुन्दर पाण्डे
प्रतीक सापकोटा
मीना थानेत
शालिकराम घिमिरे
देवी न्यौपाने
सरोज चालिसे
पवित्र भट्टराई
सूर्यबहादुर बि।के।
सतीश न्यौपाने
रामबहादुर श्रेष्ठ

स्याङ्जा

लेखनाथ अर्याल
खेमानन्द काफ्ले
बोधराज भट्टराई
राजकुमारी गुरुङ
खड्काबहादुर दर्जी
दीपक रोकाहा
तारा अर्याल केसी
रामबहादुर देवकोटा
शंकर काफ्ले
शालिकराम देवकोटा

लमजुङ

कुमार विश्वकर्मा