
पोखरा,
खेलकुदको शहर पोखरामा यही मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२ तारिख) ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्ष र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रा.लिको संयुक्त आयोजनामा उक्त एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो ।
पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारि दिएको हो । प्रतियोगितामा स्वदेश तथा विदेशका गरी करिब ७० जना महिला तथा पुरुष गल्फरहरूको सहभागिता रहने अपेक्षा गरिएको हिमालयन गल्फ कोर्ष र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रा.लिका प्रवन्धक भुवन गुरुङले जानकारी दिए । जसमा अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएन) गल्फरहरूसहित पोखरा, काठमाडौं, धरान र बुटवलका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उनले बताए।
‘स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्याप’ फम्र्याटमा खेलाइने यो प्रतियोगिता शनिबार र आइतबार गरी दुई दिन चल्नेछ । त्यसअघि शुक्रबार खेलाडीहरूले कोर्ष वार्मअप गर्नेछन् । पार ७० को कोर्षमा गल्फरहरूले दुई दिनमा ३६ होल खेल्नेछन् र दुवै दिनको अंकका आधारमा विजेताको छिनोफानो गरिनेछ। नेप्लिज डायस्पोरा स्पोर्टस एण्ड कल्चर क्लब अमेरिकाको मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीको सह–प्रायोजनमा हुने प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ र गण्डकी प्रदेश गल्फ संघको सहयोग रहेको छ। प्रतियोगितामा ग्रस विजेताले नगद २० हजार नगद र ट्रफी, डिभिजन ’ए’ (१–९ ह्याण्डीक्याप)ः विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ तथा ट्रफी, डिभिजन ’बी’ (१०–१४ ह्याण्डीक्याप) विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने नेप्लिज डायस्पोरा स्पोर्टस एण्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।
त्यसैषरी डिभिजन ’सी’ (१४–१८ ह्याण्डीक्याप) विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद तथा ट्रफी, महिला विधा तर्फ विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन । सिनियर (६० वर्षभन्दा माथि)का विजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताका विशेष विधाहरूः लङ्गेष्ट ड्राइभ, ६० वर्षमाथिको लङ्गेष्ट ड्राइभ विजेता, क्लोजेष्ट टु दि पिन, १८ औं नम्बर होलको सेकेण्ड सटमा क्लोजेष्ट टु दि पिन र १८ औं होलको लङपट विजेताले जनही ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा होल इन वान (होल नं. ४, दूरी १४५ यार्ड)का बिजेताका लागि काल्सवर्गद्वारा ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने गल्फ खेलाडी बालकाशी गुरुङले जानकारी दिइन्।





