
हेमजा, २८ पोखरा,
नेपालीहरूको महान् चाड बडादसैँ २०८३ को अवसरमा ग्राहकलाई सहज र छिटो बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्राइम कमर्सियल बैंक लिमिटेडको पोखराको हेमजा शाखामा एटीएम सेवा सञ्चालनमा आएको छ।

पोखरा महानगरपालिका–२५, हेमजाको मिलनचोकस्थित बैंकको शाखामा आज (बुधबार) देखि एटीएम मेसिन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको शाखा प्रमुख लेखनाथ आचार्यले जानकारी दिनुभयो। नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै ग्राहकको सुविधालाई मध्यनजर गरी एटीएम सेवा सञ्चालनमा ल्याइएको आचार्यले बताउनुभयो। उहाँका अनुसार यस सेवाबाट हेमजा तथा आसपास क्षेत्रमा रहेका ग्राहकहरू लाभान्वित हुनेछन्।
एटीएम सेवा सञ्चालनमा आएसँगै ग्राहकहरूले आवश्यकताअनुसार सहज रूपमा नगद निकाल्न सक्नेछन्। यसले बैंकिङ कारोबारलाई थप सहज, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी चाडपर्वका समयमा नगदको आवश्यकता बढ्ने भएकाले एटीएम सेवाले ग्राहकलाई थप सुविधा प्रदान गर्ने बैंकले विश्वास लिएको छ। प्राइम कमर्सियल बैंक लिमिटेड, हेमजा शाखाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सञ्चालनमा आएको एटीएम सेवाको अधिकतम लाभ लिन अनुरोध गरेको छ।






