दर्शन सहकारीको १६ औं साधारण सभा सम्पन्न

-


     पोखरा क्लिक     
     असाेज २६ गते २०८३ मा प्रकाशित


पोखरा,

दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १६ औंसाधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ ।आइतबार भएको सभाले आर्थिक वर्ष ०८२/०८३ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

सहकारीका सस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो । उहाँले सहकारी ऐननियमको पालना गर्नुपर्ने बताउनुभयो । शाहीले सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताउदै सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो । दर्शन सहकारीका निर्वतमान अध्यक्ष बिष्णु कुमारी उच्चैले ठकुरीहरुको छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउदै जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताउनुभयो ।

कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका बरिष्ठ उपाध्यक्ष हिरा बहादुर शाहीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिदै आफ्नो सहकारीका शेयर सदस्यहरुले सस्थाकाका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो । दर्शन सहकारीका सल्लाहकार टुक बहादुर मल्ल र ठकुरी महिला परिवार कास्कीका अध्यक्ष लक्ष्मी हमाल खाँण लगाएतले गौरवलाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहकारीका शेयर सदस्यका छोराछोरी १२ दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउन शुदेश उच्चै र शौरभी मल्ललाई समान गरेका थिए । त्यसैगरी जेष्ठ शेयर सदस्यहरु श्यामदेवी मल्ल र बिरेन्द्र हमाल , असल सहकारी अभ्यासकर्ताहरु रञ्जना कुमारी शाही, लिल बहादुर सेन र पुष्प कुमारी मल्ल, असल कर्मचारी दिपा शाही मल्ल र संगिता मल्ल लगाएतलाई सम्मान गरेका थिए । दर्शन सहकारी संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण मल्ल र सचिव ज्योती हमालले सञ्चालन गर्नु भएको थियो ।



This will close in 20 seconds