
पोखरा, १५ असोज,
पोखरा महानगरपालिका वडा नं १२÷१३ स्थित श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिले रसुवा, नुवाकोट, धादिङलगायतका बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को घडीमा प्रभावित समुदायलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले बताए ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समितिले जम्मा गरेको रकमको भौचर मन्दिर सेवा समिति परिवारले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरिएको हो । विपद्का बेला पीडितको पीडामा साथ दिन समितिले गरेको सहयोग प्रशंसनीय रहेको प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।






