
पोखरा,
कास्कीमा लुकेर रहेका गायन र नृत्यका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई अवसर दिने उद्देश्यसहित आयोजना गरिएको ‘कास्की आइडल सिजन–२’ को उद्घाटन समारोह सम्पन्न भएको छ । वरिष्ठ कलाकार कर्णदासको प्रमुख आतिथ्यतामा पोखरामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
साँझ क्रियसन्स प्रा.लि को आयोजनामा सुरु भएको प्रतियोगितामा गायनतर्फ २४ जना र नृत्यतर्फ २४ जना गरी ४८ जना प्रतियोगी छनोट भएका छन् । अब यी प्रतिभाबीच विभिन्न चरणमा प्रतिस्पर्धा हुनेछ । कार्यक्रम संयोजक आदर्श पोखरेलले नयाँ प्रतिभाको खोजी, पहिचान र उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए । गायन तथा नृत्यका प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई आगामी दिनमा समेत अवसर सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार कर्णदास, गीतकार तथा प्राज्ञ अनुराग अधिकारी, नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व विभागीय प्रमुख, प्रध्यापक डा. बाबुराम अधिकारी, साथी पानीका प्रोप्राईटरका विजय सुनार भिक्टर, गीतकार प्रतिष्ठान नेपालका सचिव रूपिद्र प्रभाती जोशी, गीतकार तथा सामाजिक व्यक्तित्व जमुना पौडेल, दुर्गा प्रसाद गुरुङ, विद्युत प्रधिकरण स्याङजा वितरण केन्द्रका प्रशासन प्रमुख मदन घिमिरे, गण्डकी कलर हाउस पोखरा–३० पावर हाउसका प्रोप्राईटर डाईरेक्टर भक्त स्याङ्जाली, लोकचन्द्र तथा सुजु मुस्ताङी, पोखरा विश्वविद्यालयकी प्रोफेसर दिपमाला श्रेष्ठ, पोखरा पोस्टका सम्पादक विजय पोनी, ज्ञानदिप के.सी., बबिन भण्डारी, इन्जिनियर अनिल दुवाडी, सुजन आचार्य, वडा सदस्य सुदिप ढुंगाना, युवा वैज्ञानिक तथा कलाकार डा. निरञ्जन कोइराला, मोडल तथा समाजसेवी नवीन ढुंगाना, कार्यक्रम सञ्चालक सुरज अधिकारी, समाजसेवी सुनिल गुरुङ, अर्जुन मगर र कलाकार सुवास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको आगामी एलिमिनेसन राउन्ड असोज ३, १० र १७ गते हुनेछ । विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रतियोगीहरू कार्तिक १४ गते हुने ग्रान्ड फिनालेका लागि छनोट हुनेछन् । गायन र नृत्य दुवै विधातर्फ प्रथम हुनेले ६० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले ४० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीलाई राष्ट्रिय गीतमा अवसर प्रदान गर्ने आयोजकको योजना छ ।
प्रतियोगिताको मूल्यांकनमा निर्णायकको ४० प्रतिशत, भोटिङको ४० प्रतिशत र दर्शकको २० प्रतिशत अंकभार रहनेछ । आयोजकले भोटिङका नाममा प्रतियोगीमाथि अनावश्यक दबाब नदिई प्रतिभाका आधारमा उत्कृष्ट छनोट गर्ने वातावरण बनाउने जनाएको छ । अब असोजमा हुने तीन चरणका प्रतिस्पर्धापछि ४८ प्रतिभामध्ये को उत्कृष्ट बन्दै कार्तिक १४ गतेको ग्रान्ड फिनालेसम्म पुग्छ, त्यसतर्फ दर्शकको ध्यान केन्द्रित भएको छ । कार्यक्रममा साँझ क्रिएसन्सका बोर्ड सदस्य तथा पोखरा विश्वविद्यालयकी प्रोफेसर दीपमाला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सुस्मिता बास्तोला र साँझ क्रिएसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए ।




