
पोखरा, २० भदौ,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उपमहासचिव पदका लागि प्रदीप राज भण्डारीले उम्मेदवारी दिएका छन् । व्यवसायीको हकहित, संघको संस्थागत सुदृढीकरण र व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।
लामो समयदेखि उद्योगी–व्यवसायीका गतिविधिसँग जोडिँदै आएका भण्डारीले संघभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उपमहासचिव पदका उम्मेदवार भण्डारीले व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै नयाँ सम्भावना र अवसरको खोजीमा आफू निरन्तर क्रियाशील रहने बताएका छन् । व्यवसायीले भोगिरहेका समस्या तथा चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
युवा उद्यमशीलतालाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई व्यवसाय र उद्यमतर्फ आकर्षित गर्ने विषयलाई पनि उनले आफ्नो मुख्य एजेन्डामा समेटेका छन् । युवामा उद्यमशील सोचको विकाससँगै संघमा नयाँ नेतृत्व पुस्ताको विकासमा योगदान गर्ने भण्डारीको योजना छ । उनले संघको नेतृत्वमा पारदर्शिता, इमानदारी र जवाफदेहितालाई विशेष महत्व दिने बताएका छन् । संघका गतिविधि तथा निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउँदै व्यवसायीको हितमा जिम्मेवार भएर काम गर्ने उनको प्रतिबद्धता छ ।
भण्डारीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा पनि व्यवसायीको आवाजलाई संस्थागत रूपमा अघि बढाउने अवसरका रूपमा लिएको बताएका छन् ।“व्यवसायीको विश्वासलाई जिम्मेवारीका रूपमा लिँदै संघलाई अझ सबल, व्यवस्थित र सम्मानित संस्थाका रूपमा अघि बढाउन भूमिका खेल्नेछु,” उनले भनेका छन् । उनले महाधिवेशनमा सहभागी सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आफ्नो उम्मेदवारीमा समर्थन जनाउँदै मतदानमार्फत विजयी गराउन आग्रह गरेका छन् । भण्डारी उपमहासचिव पदका लागि क्रम संख्या १ का उम्मेदवार हुन् । उनले आफ्नो अभियानलाई ‘तपाईंको आवाज, तपाईंको प्रतिनिधि’ भन्ने नारासहित अघि बढाएका छन् ।
भण्डारीका मुख्य प्रतिबद्धता
एकता र सहकार्य स् संघभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउने ।
व्यावसायिक विकास स् व्यवसायीको विकास र नयाँ सम्भावनाका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने ।
समस्या समाधानमा सक्रियता स् व्यवसायीका समस्या तथा चुनौतीलाई प्राथमिकतामा राखी समाधानका लागि पहल गर्ने ।
युवा उद्यमशीलता प्रवर्द्धन स् युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै नयाँ नेतृत्व विकासमा योगदान गर्ने ।
पारदर्शी र जिम्मेवार नेतृत्व स् पारदर्शिता, इमानदारी र जिम्मेवारीका साथ संघको हितमा समर्पित भएर काम गर्ने ।
भण्डारीले व्यवसायीको विश्वासलाई आफ्नो प्रतिबद्धताको आधार बनाउँदै ‘समृद्ध व्यवसाय, सबल नेतृत्व’ को लक्ष्यसहित संघमा भूमिका निर्वाह गर्ने बताएका छन् ।





