ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीहरूप्रति पोखरामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

-


     पोखरा क्लिक     
     श्रावण २३ गते २०८३ मा प्रकाशित


पोखरा, साउन २२,

पाकिस्तानमा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममाहिमपहिरोमा परी ज्यान गुमाएका साहसी नेपाली पर्वतारोहीहरूप्रति युवा नेपाल समितिकास्कीको आयोजनामा भावपूर्ण श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) पुर बहादुर गुरुङ (युक्ता) निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पासहितका वीर नक्षत्रहरूप्रति सम्मान व्यक्त गर्दै दीपप्रज्वलन गरिएको थियो ।

साहसका प्रतीक तथा पर्वतारोहणका वीर नक्षत्रहरूका रूपमा उहाँहरूको योगदानकोस्मरण गर्दै उपस्थित सहभागीहरूले आत्माको चीर शान्तिको कामना र भावपूर्णश्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा रेवानका पूर्व अध्यक्ष चौबहादुर गुरुङ , योग प्रशिक्षक जमुना थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेलअथक, व्यवसायी रामचन्द्र लामिछाने, समितिका सल्लाहकार जय प्रकाश थापा, युवा नेपाल समितिकास्कीका अध्यक्ष सोचना सेन ठकुरी, सचिव सरिता हमाल लगायत विभिन्न व्यक्तित्वहरूकोउपस्थिति रहेको थियो ।