
पोखरा,
पोखरा महानगरपालिका वडा नं।४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। आधारभूत तह अन्तर्गतको कार्यक्रम आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका आदित्य खत्री कक्षा ८ (ख), आयुषा लामा कक्षा ८ (क), आविष्कार लामिछाने कक्षा ६ (ख) र सिजन लम्साल कक्षा ७ (क) को समूह प्रथम भएका छन् । कुमारी सदनका श्रीयांश द्विवेदी कक्षा ८ (ख), चाहना आचार्य कक्षा ८ (ख), श्रद्धा के.क्षा ८ (ग) र श्रेयान के.सी. कक्षा ७ (ग) को समूह दोस्रो भएका छन् ।
त्यस्तै दोस्रो चरणको माध्यमिक तह ९कक्षा ९ र १० को कार्यक्रम विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रममा डाँफे सदनका दिव्या आचार्य कक्षा १०(ग), प्रतिष्ठा के।सी। कक्षा ९ (क), ईशवर बिष्ट कक्षा १० (ख) र आरुषी रायमाझी कक्षा९(ग) को समूह प्रथम भएको छ ।त्यस्तै लालीगुराँस सदनका नमराज अधिकारी कक्षा (९ख), एरङ कार्की कक्षा १० (ग) प्रिन्स श्रेष्ठ कक्षा ९(ख) र एलिश आउजी कक्षा ९(ग) को समूह दोस्रो भएका छन् ।
अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू उमा पोख्रेल , दिपक के।सी।, र रोशनी श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।शिक्षक भुवन गुरुङको प्राविधिक सहयोग रहेको कार्यक्रममा मनिष पौडेलले अङ्कनको भूमिका र समीक्षा अर्यालले समय पालकको भूमिका निभाएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।




