मणिपाल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्टिन सहित ७ व्यवसायलाई जनही ५० हजार जरिवाना

-


     पोखरा क्लिक     
     असार १९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १९ असार,

पोखरामा ५ दिन संयुक्त बजार अनुगमन गर्दा मणिपाल शिक्षण अस्पतालको क्यान्टिन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्टिन सहित ७ व्यवसायलाई जनही ५० हजार जरिवाना गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा प्रशासन सहित पोखरा महानगर सहित अन्य सरोकारवालाहरुको अनुगमन टोलीले असार १५ देखि १९ गतेसम्म ५ दिन गरेको बजार अनुगमनका क्रममा पोखराका एक सामुदायिक हस्पिटल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्टिन र मणिपालका क्यान्टिनहरुलाई ५० हजार जरीवाना गराएको प्रशासनले आज (शुक्रबार) जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरेको छ ।

पोखरा महानगरपालिका क्षेत्र भित्र उपभोक्ता हितविपरीत गुणस्तरहिन तथा लेवलिङ नभएका तथा सरसफाईमा लापरवाही भएका क्यान्टिन सहित केही पसलहरुलाई प्रशासनले ७ वटालाई कारवाही गरेसंगै हालसम्म ५ वटा पसलले ५० हजार जरीवाना बुझाएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पतालका दुईवटा चमेना गृह न्यूटी किचन प्रा।लि। र सर्वगुण फुड्स एण्ड किचनलाई असार १५ गते अनुगमन गरिएको थियो । न्यूटी किचनबाट ८ थान भेज प्याटिज, १७ थान चिकेन प्याटिज र १६ थान बेकरीजन्य सामग्री गरी करिब ३ हजार ६८० रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरिएको प्रशासनले जनाएको छ । यस्तै, सर्वगुण फुड्स एण्ड किचनबाट पनि ४७ थान म्याद नाघेका बेकरीजन्य सामग्री नष्ट गरिएको विज्ञेप्तिमा उल्लेख गरिएको छ । यसैगरी, पोखरा–६ बैदामस्थित पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित श्रीकृष्ण माडवारी रेष्टुरेन्ट ९भोजनालय० लाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० को चमेना गृहमा सञ्चालित सुनिल भेराइटी तथा खुद्रा कपडा पसल ९सुनिल क्यान्टिन०, पोखरा–६ बैदामकै गुड डे हस्पिटालिटी प्रा।लि। र जेनिसा केमिकल्सलाई पनि बजार मापदण्ड उल्लङ्घन गरेको कसुरमा जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसका साथै, अनुगमन टोलीले पोखरा–१८ सेदीमा रहेका अञ्जली खाजा घर, असिम फेभा फ्रेस हाउस तथा किराना पसल, दाहाल किराना पसल, तथा अन्य क्षेत्रका न्यौपाने किराना पसल र जयसवाल सिड्स सेन्टरबाट समेत म्याद गुज्रिएका, लेबल नभएका तथा अखाद्य सामग्रीहरू ९जस्तैः रंग हालेको पकौडा, अखाद्य रंग, अमिलो माडा, म्याद नाघेका मसला आदि० बरामद गरी नष्ट गरेको छ । उपभोक्ताको स्वास्थ्य र स्वच्छताबारे नागरिकस्तरबाट आएका व्यापक गुनासो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा व्यक्त असन्तुष्टिका आधारमा यो आकस्मिक एवं सघन अनुगमन अभियान चलाइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो “पुनः यस्ता गतिविधि दोहोरिए प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारबाही र व्यवसाय नै बन्द गर्नेसम्मको चेतावनी दिएका छौँ।“
सहायक प्रजिअ बरालका अनुसार अधिकांश स्थानमा खाद्य सामग्रीको गुणस्तर र सरसफाइमा लापरबाही, लेबल र उत्पादन÷उपभोग मिति स्पष्ट नभएका वस्तुको बिक्री, तथा सर्वसाधारणले देख्ने गरी मूल्यसूची नराखिएको पाइएको छ । टोलीमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रतिनिधि एवं जनस्वास्थ्य निरीक्षकहरू धर्मराज चौलागाईं र विष्णुराज घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर, एकीकृत सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नवीनप्रसाद अधिकारी, वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक पुनित हजारा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै आगामी दिनमा होटल, रेष्टुरेन्ट, क्यान्टिन तथा खाद्य व्यवसायमा बजार अनुगमनलाई अझ प्रभावकारी, सघन र निरन्तर बनाइने जनाएको छ । साथै, सम्पूर्ण व्यवसायीहरूलाई देहायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । बिक्री गरिने वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य रूपमा सबैले देख्ने गरी राख्न, व्यवसाय दर्ता तथा नवीकरणका कागजातहरू दुरुस्त राख्न, खरिद–बिक्रीका बिल वा बिजकहरू अनुगमनका क्रममा माग गर्दा उपलब्ध गराउन सक्ने गरी सुरक्षित राख्न, नियमित सरसफाइ कायम गर्न तथा म्याद गुज्रिएका र लेबल नभएका सामग्रीहरू तुरुन्त हटाउन अनुगमन टोलीले सुझाव दिदै आएको छ ।