
पोखरा, १० असार,
पोखरा रंगशाला गेट नं.२ स्थित खेल मैदानमा सञ्चालन भइरहेको ‘यामाहा ब्लु फेस्ट’ ग्राहकको उत्साहजनक सहभागिता र बढ्दो मागका कारण थप तीन दिन लम्ब्याइएको छ। यही असार ३ गतेदेखि सुरु भएको नेपालकै ठूलो एक्सचेन्ज अभियानका रूपमा प्रचार गरिएको उक्त महोत्सव अब असार १३ गतेसम्म सञ्चालन हुने भएको कम्पनीले जनाएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरहरूको मुख्य आपूर्तिकर्ता एम.ए.डब्लु. राइड्स प्रालि. तथा पोखराको आधिकारिक विक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रालिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ। आयोजकका अनुसार पछिल्ला दिनमा ग्राहकको उल्लेखनीय सहभागिता देखिएपछि धेरैलाई अवसर प्रदान गर्ने उद्देश्यले महोत्सवको अवधि थप गरिएको हो। महोत्सवमा यामाहाको सर्वाधिक माइलेज दिने ७१.३३ किलोमिटर प्रतिलिटर क्षमताको रे जेडआर स्कुटरदेखि १४९ सिसीको एफजेड सिरिज तथा १५५ सिसी क्षमताका शक्तिशाली र उच्च प्रदर्शनयुक्त मोटरसाइकलका विभिन्न मोडल खरिद गर्न सकिनेछ।
महोत्सवमा ग्राहकलाई आकर्षक नगद छुट, हाई भ्यालु एड–अन सुविधा तथा निःशुल्क एसेसरिज प्याकेज उपलब्ध गराइएको छ। साथै दुई वर्षसम्मको सवारी कर निःशुल्क र पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधासमेत प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमको अर्को विशेष आकर्षण ‘स्पट एक्सचेन्ज’ तथा सहज र सहुलियतपूर्ण ब्याजदरमा फाइनान्स सुविधा रहेको छ। “यामाहा लैजाऔँ, घरमा नागरिकताकै भरमा” योजनाअन्तर्गत ग्राहकले सरल प्रक्रियामार्फत मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। एम.ए.डब्लु. राइड्सका सिनियर म्यानेजर भगवान विजुक्छे ले ग्राहकको उत्साहले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया प्राप्त भएकाले महोत्सव थप गरिएको बताए। उनले भने, “पोखरा तथा आसपासका ग्राहकबाट अत्यन्त उत्साहजनक सहभागिता प्राप्त भएको छ। धेरै ग्राहकले समय अभावका कारण महोत्सवमा सहभागी हुन नसकेको जानकारी गराएपछि उहाँहरूलाई अवसर दिन हामीले तीन दिन अवधि थप गरेका हौँ। यामाहा खरिद वा एक्सचेन्ज गर्न चाहने ग्राहकका लागि यो उत्कृष्ट अवसर हो।”
महोत्सवमा हरेक दिन डोरप्राइज वितरण गरिनुका साथै निःशुल्क टेस्ट राइड तथा स्लो राइड प्रतियोगिता सञ्चालन भइरहेको छ। सहभागीहरूलाई आकर्षक उपहारसमेत प्रदान गरिने जनाइएको छ। आयोजकका अनुसार जुनसुकै कम्पनी तथा ब्रान्डका मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिनेछ। यामाहा सवारीसाधनलाई यामाहासँग साटफेर गर्दा सवारी कर क्लियर भएको अवस्थामा न्यूनतम ५० हजार रुपैयाँ मूल्यांकन गरिनेछ भने अन्य ब्रान्डका सवारीसाधनको हकमा न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन सुनिश्चित गरिएको छ। त्यसैगरी, बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली ग्राहकले एप्पलको आईफोन १७ प्रो म्याक्स जित्ने अवसर प्राप्त गर्नेछन्। आयोजकले असार १३ गतेसम्म सञ्चालन हुने ‘यामाहा ब्लु फेस्ट’ मा सहभागी भई एक्सचेन्ज, खरिद तथा विभिन्न विशेष अफरहरूको लाभ लिन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।





