लायन्स क्लब अफ पोखरा आँगनद्वारा ८० केजी कपडा सहयोग, सुखावती च्यारिटी स्टोर्समार्फत वितरण गरिने

-


     पोखरा क्लिक     
     असार ६ गते २०८३ मा प्रकाशित


पोखरा,

सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा आँगनले पोखरा–१७, पार्दीस्थित सुखावती च्यारिटी स्टोर्सलाई ८० केजी प्रयोगयोग्य कपडा हस्तान्तरण गर्दै कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष लायन विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथि हुमागाईंले संकलित कपडाहरू सुखावती च्यारिटी स्टोर्सको पोखरा शाखाकी प्रबन्धक अन्जना थापालाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा क्लब ब्याक चिफ लायन पदमबहादुर ढकाल, सुखावती च्यारिटी स्टोर्सकी पोखरा प्रमुख अन्जना थापा तथा जोन चेयरपर्सन लायन राजेन्द्र प्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता मानवीय तथा सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो। कपडा संकलन तथा हस्तान्तरण कार्यक्रमका संयोजक क्लबका पूर्व अध्यक्ष लायन श्यामकृष्ण श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लायन्स क्लब अफ पोखरा आँगनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले हस्तान्तरण गरेका कपडाहरू सुखावती च्यारिटी स्टोर्समार्फत आवश्यकतामा रहेका व्यक्तिहरूसम्म पुर्‍याइने जनाइएको छ।

लायन्स क्लब अफ पोखरा आँगनले पोखरा १७,पार्दी स्थित सुखावती च्यारिटि स्टोर्सलाई लगाउन मिल्ने ८० के।जि। कपडा हस्तान्तरण गरि कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन विनोद प्रसाद श्रेष्ठले गरेको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरेशनल डिष्ट्रिक्ट ३२५ के नपालका डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाई हुनु हुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथिले सुखवति च्यारिटि स्टोर्सका पोखरा शाखा प्रवन्धक अन्जना थापा लाई संकलित कपडाहरु हसतातरण गरिएको कार्यक्रममा कोल्ठ बैक चिफ लायन पदम बहादुर ढकाल, च्यारितिका पोखरा प्रमुख अन्जना थापा र जोन चियर पर्सन लायन राजेन्द्र प्रसाद आचार्यले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रम संयोजक क्लबका पुर्व अध्यक्ष लायन श्याम कृष्ण श्रेष्ठ रहनु भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु लगायत क्लब अर्फिसरहरुको सहभागिता समेत रहेको थियो ।