
पोखरा,
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मानपत्र सहित सम्मान गरेको छ। क्लबद्वारा आयोजित विशेष कार्यक्रममा त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक समेत हुन्।
सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताउँदै समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबसँगको मित्रता, सहकार्य र सामाजिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।
उक्त अवसरमा क्लबका सचिव लायन कृष्णमान श्रेष्ठ तथा लियो लायन मनोज त्रिपाठीको जन्मदिनको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
कार्यक्रममा लायन्स वर्ष २०२५र२६ का अध्यक्ष लायन दुर्गा प्रसाद पौडेल, संस्थापक अध्यक्ष लायन तीर्थबहादुर थापा, निवर्तमान अध्यक्ष ला। सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष ला। सुरेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष ला। नवराज त्रिपाठी तथा लियो लायन विष्णुप्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्वको सफल कार्यकाल र सामाजिक योगदानको प्रशंसा गरेका थिए। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सम्मानित ला। नवीन त्रिपाठी, सचिव ला। कृष्णमान श्रेष्ठ तथा लियो लायन मनोज त्रिपाठीलाई उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफल जीवनको शुभकामना व्यक्त गरेका थिए ।





