पोखरामा सवारी दुर्घटनामा परी नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको ज्यान गयो

-


     पोखरा क्लिक     
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा १, असार,

पोखरामा सडक दुर्घटनामा परी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य राजीव बाँस्तोलाको ज्यान गएको छ । कास्की जिल्ला सहकारी संघको तालिममा सहभागी भएर घर फर्किने क्रममा आइतबार साँझ करिब ५ः३० बजे पोखरा सभागृहचोक र सृजनाचोक बिचको सडकखण्डमा पोखरा १९ काउरे निवासी ३२ बर्षीय बाँस्तोलाको रेडी मिक्स्चर (ब्लकर) ले बाँस्तोलाले चलाएको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएसंगै गम्भिर घाइते हुनु भएको उहाँको उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ ।

बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले बाँस्तोलाले चलाएको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा बाँस्तोलालाई तत्काल उद्धार गरी नजिकैको मेट्रोसिटी अस्पताल पु¥याइएको थियो । तर अस्पताल पुग्नसाथ चिकित्सकले उहाँलाई मृत घोषणा गर्नु भएको थियो । बाँस्तोलाको टाउकोमा गहिरो भित्रिचोट (हेड इन्जुरी) भएर उहाँकोे तत्काल निधन भएको हुनसक्ने डाक्टरले बताउनु भयो । उक्त दुर्घटना भएको स्थानियले बताउनु भयो । बाँस्तोला नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य तथा कास्की क्षेत्र नम्बर ३ का नेता खिमलाल बाँस्तोलाका छोरा हुनुहुन्छ ।

दुर्घटनामा संलग्न रेडी मिक्स्चर र चालकलाई कास्की जिल्ला ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा निवासी ४० वर्षीय राजन अधिकारी रहेको प्रहरीले जनाएको छ । बाँस्तोलाको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । आज पोस्टमार्टम सम्पन्न भएपछि उहाँको अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । राजीव बाँस्तोलाको असामयिक निधनले नेपाली कांग्रेस, नेविसंघ लगायतका संघ संस्थाले दुःख व्यक्त गर्दै दोषी उपर कार्वाहीको माग गर्नु भएको छ ।