कास्कीमा संयोजक प्रचण्डद्वारा अगुवा कार्यकर्तामाझ सम्बोधन गर्नु हुने

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८२ मा प्रकाशित


पोखरा ,

आशन्न प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की जिल्लाका नेता तथा कार्यकर्तामाझ विशेष सम्बोधन गर्नुहुने भएको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम भोलि(बुधबार) बिहान ८ः३० बजे, पोखरा महानगरपालिका–जिरो कि।मि। स्थित गोल्डेन हाउस पार्टी प्यालेसमा सम्पन्न हुने जनाइएको छ।

कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिबारे स्पष्ट धारणा राख्नुका साथै आगामी निर्वाचनको रणनीति, पार्टीको दिशा तथा जनताको पक्षमा गरिने पहलहरूबारे मार्गदर्शन गर्नुहुने अपेक्षा गरिएको छ। यस अवसरमा जिल्लाका अगुवा नेता, कार्यकर्ता, जनसंगठनका प्रतिनिधि तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास पार्टीले व्यक्त गरेको छ।

पार्टी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अवसर भएकाले सम्पूर्ण नेता–कार्यकर्तालाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ। यस प्रकारका भेटघाट र सम्बोधनले संगठनात्मक एकता मजबुत बनाउनुका साथै जनआधारित राजनीतिलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।