
दीननाथ बराल,
पोखरा २८, मंसिर,
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा फ्लटलाइट जडान गर्न चासो दिनु भएको छ । पोखरा रंगशालाको आइतबार निरिक्षण गर्दै मन्त्री घिसिङले पोखरा रंगशालामा फ्लटलाइट यसै बर्ष जडान गर्ने प्रकृया अघि बढाउने बताउनु भएको हो ।
माछापुच्छ्रे सहितको हिमश्रृखला देखिने प्राकृतिले रमणीय रंगशालामा विश्वकै खेलकुदको आकषर्ण हुने हुदा र खेलकुदकर्मीहरूको माग अनुसार सरकारले फ्लटलाइड जडान गर्ने बिषयमा आफुहरु निकै गम्भिर भएको उहाँले जनाउनु भयो ।१२ देखि १५ करोड लाग्ने ठूलो परियोजना कसरी बजेट व्यवस्थापन गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री घिसिङले त्यो आवश्यकताको आधारमा आफूहरुले यसै वर्ष उक्त फ्लटलाई जडान गर्ने गरी बजेट ब्याबस्थापन गर्ने बताउनु भयो । उक्त परियोजना एकै पटक सम्पन्न हुने गरी परियोजना अघि बढाउने उहाँले जनाउनु भयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले मन्त्री घिसिङ समक्ष फ्लटलाइडको प्रस्ताव पेश गर्नुभएको छ । यस अघि धेरै मन्त्री र नेताहरुसंग उक्त परियोजनाको लागि बजेट माग गर्दा सुनुवाई नभएको उहाँले गुनासो गर्नु भयो ।
पोखरा रङ्गशाला फुटवल स्टेडिएम १ अरब २८ करोडको लागतमा निर्माण भए ता पनि फ्लटलाइट बिना साँझ र बेलुका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु हुन नसकेको अध्यक्ष गुरुङले बताउनु भयो । समितिका कार्यालय प्रमुख डीबी नेपालीले मन्त्रीलाई पोखरा रंगशालाको बारेमा जानकारी(ब्रिफिङ) गराउनु भएको थियो ।
उज्यालो नेपाल गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न शनिबार पोखरा आउनुभएको मन्त्री घिसिङ आइतबार पोखरा रङ्गशाला निरीक्षण गरेसँगै उहाँलाई खेलकुदकर्मीहरूले पोखरा रङ्गशालामा स्वागत गर्नुभएको थियो । पोखरा क्षेत्रका विभिन्न भौतिक निर्माणका योजनाहरुको आवलोकन गर्दै मन्त्री आज नै तनहुँ तर्फ लाग्नु भएको कुसल गुरुङले पोखराक्लिकलाई जनाउनु भयो ।




