पोखरामा ‘शान्ति सन्देश’ ¥याली

-


     पोखरा क्लिक     
     असाेज २३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पर्यटनको राजधानि पोखरामा ‘शान्ति सन्देश’सहित मौन ¥याली प्रदर्शन गरिएको छ । मुलुकमा शान्ति, सद्भाव र अहिंसात्मक समाज निर्माणको कामना गर्दै कास्कीका बुधबार रोटरियनहरूले उक्त ¥याली प्रदर्शन गरेका हुन् ।

‘हाम्रो चाहना, शान्तिको कामना’, ‘रोटरीसँगै शान्तिको यात्रा’, ‘हिंसारहित समाजको निर्माण गरौं’, ‘सुन्दर शान्त नेपाल, आशाको आँगन’ जस्ता सन्देश अंकित ब्यानर र प्लेकार्ड बोकेर समाजमा शान्तिको सन्देश प्रवाह गर्न उक्त र्याली प्रर्दशन गरिएको रोटरी क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष तथा कार्यक्रम संयोजक कमला गिरीले बताइन् ।

कास्कीका ११ रोटरी क्लबहरूको संयुक्त आयोजनामा सहिदचोकदेखि भएको ¥यालीमा रोटरियन, रोट्रयाक्ट र इन्टरयाक्ट सदस्यहरू सहभागी भएकोे र्यालीमा सहभागि शोभाकान्त सिग्देलले जनाए । छिल्ला दिनमा देशभरि भइरहेका हिंसात्मक घटनाले आमनागरिकमा त्रास फैलाएको सन्दर्भमा “यस्ता घटना दोहोरिन नदिन शान्तिको चाहनासहित रोटरीले यो अभियान थालेको” बताइन्छ ।

“हाम्रो कुनै व्यक्तिगत माग छैन, एउटै चाहना हो— समाजमा स्थायी शान्ति कायम होस् । सरकार जिम्मेवार भई शान्तिलाई दिगो बनाउन लाग्नुपर्छ,” भन्दै सबैलाई सहकार्यको आग्रह गरिएको रोटरीका डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले जनाए ।

¥याली पछि रोटरी क्लबहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा शान्ति र सद्भावलाई प्राथमिकता दिने, प्रशासनले सुरक्षाका लागि लिएका प्रयासलाई निरन्तरता दिने, युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने, र स्थानीय तह, सेवा संस्था तथा नागरिक समाजसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने जस्ता बुँदा समावेश गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले नागरिकस्तरबाट शान्तिको पक्षमा गरिएको अभियान प्रशंसनीय भएको बताउँदै, “यस्ता सकारात्मक पहलले समाजलाई सही दिशातर्फ डोर्याउँछ” भन्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा रोटरी क्लब अफ पोखरा, पोखरा अन्नपूर्ण, पोखरा मिडटाउन, पोखरा न्यूरोड, पोखरा लेकसाइड, पोखरा लेखनाथ, पोखरा गण्डकी, पोखरा क्यापिटल, पोखरा प्याराडाइज, पोखरा भ्याली सहित रोट्रयाक्ट र इन्टरयाक्ट क्लबहरूको उल्लेख्य सहभागिता रहेको थियो ।