दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडमा नेपालसहित ७ देशका १ सय ६० धावक सहभागी हुँदै

-


     पोखरा क्लिक     
     असाेज १० गते २०८२ मा प्रकाशित


पोखरा १०, असोज
विश्व पर्यटन दिवसमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी सहभागी भएका छन् ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडीले ६ वटा इभेण्टमा सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा १ सय ६० जना धावकले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । उनका अनुसार प्रतियोगितामा नेपालसहित वेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका र स्पेनका धावकले नाम दर्ता गराएका छन् ।
नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । खुलातर्फका विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार तेस्रो हुनेलाई १५ हजार प्रदान गरिने भएको छ ।
यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनु भयो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित हुनु भएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
प्रतियोगितामा पोखरा भ्रमण वर्ष २०२५, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), माछापुच्छ«े गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, प्याराडिसो ग्रिल एण्ड बार, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, इलाइट अर्गानिक हाउस, ओम हिस्पटल, एस.के. साउड एण्ड म्युजिक हाउस, टान गण्डकी, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकारको सहयोग रहेको छ ।
त्यसैगरी विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, पोखरा पर्यटन परिषद्, गण्डकी प्रादेशिक क्रिकेट संघ, मुभईन राइड मेड सिम्पल, टाईगर ग्रुप अफ पोखरा, सोल्टी पानी, बुमह््रयाङ रेष्टुरेण्ट, रेवान पोखरा, पोखरा एन्फा कास्की, फ्रेस इलिमेन्ट्स रेष्टुरेण्ट एण्ड बार, पृथ्बी राजमार्ग बस संचालक कम्पनी, मट्टिखान माउण्टेन न्यू रिसोर्ट, सोसल पव्लिक स्कुल, पोखरेली ट्याक्सी सेवा प्रा.लि, हिमालय कम्युटर, हिल प्वाइट हाई स्कुल पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, एम्बुलेन्स चालक ईकाई कमीटी कास्कीलगायतका संस्थाको सहयोग रहेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साथ दिएको छ ।
खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनीको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने तयारी गरिएको स्थानीय मिलन गुरुङले जानकारी दिए ।