
पोखरा ८, असोज,
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा जगत पोखरेल मनोनित हुनुभएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रति आमन्त्रित सदस्य पोखरेलले धन्यावद दिदै महासंघको हकहितमा आफु दिलो ज्यान दियर लाग्ने बताउनु भयो । आफुले पाएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
समितिका संयोजक तथा युवा उद्यमी अम्बिका प्रसाद पौडेलप्रति पोखरेलले विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । महासंघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यमा यहाँको सम्मिलित समितिले महत्वपूर्ण योगदान पुर्याउने कुरामा महासंघ विश्वस्त रहेको महासंघले जनाएको छ । पोखरेल ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको अध्यक्ष लगायतका विभिन्न संस्थाको जिम्मेवार पदमा हुनुहुन्छ ।






