१८ औं पुस्तकालय दिवसका अवसरमा कार्यक्रम

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८२ मा प्रकाशित


पोखरा, १४ भदौ,

पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसका अवसरमा आज प्रभातफेरी सहित भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयबाट सुरु गरिएको प्रभातफेरीमा पुस्तकालयका अध्येता, सामाजिक अभियन्ता राजनीतिकर्मी आदिको सहभागिता थियो ।

प्रभातफेरी पछि आयोजित सभामा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि पुस्तकालय अपरिहार्य भएको बताउनुुभयो । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले सामाजिक सचेतनासँगै जागरणको सेतुका रुपमा पुस्तकालय भएको बताउनुुभयो । अध्यक्ष भण्डारीको सभापतित्व एवम् कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेशका अध्यक्ष माधव भण्डारी लगायतले पुस्तकालयको महत्व बारे प्रकाश पार्नुुभएको थियो ।

पुस्तकालय दिवशकै अवसरमा पुस्तकालयले आज विद्यालयस्तरीय भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा लक्ष्मी आदर्श मा.वि.की जयन्ती आचार्य प्रथम, गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल द्वितीय, लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलकी सुदिक्षा पौडेल तृतीय र रामज्योति मा.वि.की स्वेच्छा परियार सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा ज्ञानज्योति विद्याकुञ्ज मा.वि.का सक्षम पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्व प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी, त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी रहनुुभएको थियो । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको सभापतित्व एवम् कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा पुस्तकालय सचिव पदमप्रसाद अधिकारी, पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल लगायतले बोल्नुुभएको थियो । पुस्तकालय दिवसका अवसरमा भोलि साँझ दिपावली गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुुभयो ।