विश्व केन्पो काई च्याम्पियनसिपका लागि नेपाली टोली जापान प्रस्थान गर्दै

-


     पोखरा क्लिक     
     श्रावण २० गते २०८२ मा प्रकाशित


काठमाडौं,

नेपालले आउँदो अगस्ट ८ देखि १० तारिखसम्म जापानको हमामात्सु शहरमा आयोजना हुने वर्ल्ड केन्पो काई च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएको छ। प्रतियोगितामा ३ खेलाडी सहित ४ सदस्यीय नेपाली टोली मंगलबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

यस टोलीमा पोखराका बामदेव सुवेदी र मेणुका अधिकारी खेलाडीका रूपमा नेपालको प्रतिनिधित्व गर्नेछन् भने प्रशिक्षकमा नविन आचार्य, आधिकारिक सदस्यमा नरज बहादुर खड्का र जुना लामिछाने रहनुहुन्छ। यसैबिच, राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले सोमबार काठमाडौंमा औपचारिक बिदाइ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै शुभकामना व्यक्त गर्नुभयो।

“केन्पो काई टोलीले अनुशासन र लगनशीलता देखाउँदै आएको छ। यो प्रतियोगितामा तपाईंहरूले नेपालको गौरव बढाउनेमा पूर्ण विश्वास छ,” सदस्य–सचिव घिसिङले भन्नुभयो। अधिकारी नरज बहादुर खड्काले समेत जापानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।नेपाली टोलीले विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखेको छ।