पोखरामा तीन दिने सीप मूलक मेहेन्दी तालिम सम्पन्न

-


     पोखरा क्लिक     
     श्रावण ३ गते २०८२ मा प्रकाशित


पोखरा, ३ साउन,

लायन्स क्लब अफ पोखरा अम्मर बुद्धको आयोजनामा तथा एच कोरियन ब्युटी सैलुनको सहकार्यमा तीन दिने सीपमूलक मेहेन्दी तालिम पोखरा–१०, अमरसिंह चोकमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि आईपिडिजी लायन विनोद ढुङ्गाना तथा विशेष अतिथि सेकेण्ड भिडिजि लायन शैलेन्द्र मोहन भट्टराईले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

समारोहमा डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर लायन शान्तादेवी थापा, डिस्ट्रिक्ट कोअर्डिनेटर लायन विष्णु श्रेष्ठ, डिस्ट्रिक्ट पिआरओ लायन सरिता कार्की, रिजन चियरपर्सन लायन बद्रिका ढुङ्गाना, निवर्तमान अध्यक्ष लायन मञ्जु कार्की, पूर्व अध्यक्ष लायन डा.दुर्गा काफ्ले, सचिव लायन हिमानी गुरुङ, कोषाध्यक्ष लायन जमुना गुरुङ, जननी क्लबकी पूर्व अध्यक्ष लायन शान्ति बराल लगायतको सहभागिता रहेको थियो ।

लायन इन्दिरा पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथि, सहयोगी संस्था र सहभागीलाई अध्यक्ष पौडेलले धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नु भयो ।