पोखरा, ३१ असार,
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखा कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
पौडेलले सेवाग्राहीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा पनि सफल गरिदिने आश्वासन दिँदै नगद ७ हजार रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भयो ।
पक्राउ परेका पौडेल माथि अहिले आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले जनाउनुभयो । घुस प्रकरणमा संलग्न व्यक्ति विरुद्ध कानुनी प्रक्रिया अघि बढाइने आयोगका प्रवक्ता पौडेल बताउनु हुन्छ ।




