नेपालले जित्यो एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि

-


     पोखरा क्लिक     
     असार २१ गते २०८२ मा प्रकाशित


पोखरा २१, असार,

नेपालले जित्यो एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि । आज (शनिबार) सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित पराजित गर्दै उक्त उपाधि जितेको हो ।

सिंगापुरले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाउदै जित हात पारेको हो । यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता भएको थियो । नेपालले सन् २०२३ मा पनि उक्त उपाधि जितेको थियो ।

नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाउदा ५३ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए । जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए। सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिएका थिए ।