पत्रकार अपिल त्रिपाठीलाई मातृशोक

-


     पोखरा क्लिक     
     असार १२ गते २०८२ मा प्रकाशित


पोखरा, असार १२

पत्रकार अपिल त्रिपाठीलाई मातृशोक परेको छ। उहाँकी आमा तुलसादेवी त्रिपाठीको ७५ वर्षको उमेरमा बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको पोखरास्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दिवंगत तुलसादेवी त्रिपाठीको बिहीबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। स्व.त्रिपाठी पोखरा २८ कालिकामा बसोबास गर्दै आउनु भएको थियो। काजकिरिया कार्यक्रम पनि नेपाली परम्परा अनुसार कालिकामै सम्पन्न हुने परिवारले पोखराक्लिकलाई जनाएको छ।

दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार, राजनीतिज्ञ, समाजसेवी, उद्योगी(व्यवसायी, शुभेच्छुक र आफन्तजनहरूले त्रिपाठी परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

शव यात्रामा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगर प्रमुख धनराज आचार्य, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका नेताहरू, समाजसेवी तथा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो।