
दीननाथ बराल,
पोखरा ११, असार,
पत्रकार राज बहादुर गुरुङ नेतृत्वमा सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समितिको गठन भएको छ । गण्डकी प्रदेश भित्रका सुचनाको हकका अभियान्ताहरुको हालै पोखरामा बसेको एक भेलाले सुचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेश समिति गठन गरेको हो ।
त्यसै गरी समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिबमा भारत कोइराला, सचिबमा कृष्ण क्षेत्री, महिला सचिबमा माया अधिकारी र कोषाध्यक्षमा टिका आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकर राज नहर्की, बिराज त्रिपाठी, सुभाष पौडेल, सुशिला रोका, शिबप्रसाद गौतम र मिला दरार्ई चयन भएका हुन् ।
यसैबीच नबनिर्बाचित समितिको पहिलो बैठकले गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको बैठक पछि अध्यक्ष राजबहादुर गुरुङले बताए । पोखराका अग्रज पत्रकारहरु गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिबप्रसाद बस्ताकोटी रहेको निर्बाचन सहजीकरण समितिले कार्यसमिति चयनको प्रक्रिया टुंग्याएको थियो ।
कार्यक्रममा राष्ट्रिय अध्यक्ष उमिद वागचन, बरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारी, महासचिब पुर्ण प्रसाद मिश्र र केन्द्रिय पदाधिकारी सदस्यहरुको उपस्थिती रहेको थियो । यस अघि उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।






