
पोखरा,
क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ । संविधान त यही असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याएसंगै असार १० गते भित्र बजेट ल्याउनु पर्ने बाध्यतामा रहेको महानगरले यसपाली भने ८ गते नै बजेट ल्याउदा हतार हतारमा ल्याउदा कतै तालमेल नमिलेको देखियो ।
बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ । बजेटको आकार ८ अर्ब ३५ करोड १२ लाखको रहेको छ भने यस भित्रको पूंजिगत र चालु तर्फ खुलाइएको छैन् ।
बजेट घाषणका क्रममा उपमेयर गुरुङलाई कर्मचारीले दिएको अर्को बजेट भाषणको केही भाग पढ्नु भएको थियो । उक्त बजेट भाषणा सुरु भएको केही मिनेटमै एक मिनेट बजेट भाषण रोक्दै उहाँलाई कर्मचारीले अर्को पढ्न बुझाउनु भएको थियो । उपमेयर गुरुङले बजेट भाषण गर्दा पोखरा सभागृहको हल प्रायः खाली जस्तै देखिएको थियो ।

मेयर धनराज आचार्य विदेश भ्रमण जाने तयारी गरेका कारण बजेट हतारमा ल्याएको श्रोतको दाबी छ । यस अघि मेयर आचार्यले आउदो बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो ।






