
पोखरा, १ असार,
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा भएको पदाधिकारीको निर्वाचनबाट भण्डारीले निकटतम प्रतिस्पर्धी जनकराज पराजुलीले १६ मत अन्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । भण्डारीले ५१ मत ल्याउदा पराजुलीले भने ३५ मत ल्याउनुृ भएको निर्वाचन समितिले जनाएको छ ।

जेठ २७ गतेदेखि सुरु भएको महानगर सम्मेलनमा प्रारम्भमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति नजुटेपछि अन्ततः मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो। ८६ जना बिच आइतबार मतदान भएको हो । त्यसै गरी उपाध्यक्ष पदमा तीन जना निर्वाचित हुनु भयो । उपाध्यक्षमा अर्जुन मल्ल, पुष्पकमल ढुँगाना र देवीमाया अधिकारी निर्वाचित हुँदा थोरै मत अन्तरले गर्दा उपाध्यक्षका प्रत्यासी दयाराम तिवारी र गीता खनाल पछि पर्नुभयो । मल्लले ५४, ढुँगानाले ४९, अधिकारीले ५३, मत ल्याउदा खनालले ३२ र तिवारीले १० मत प्राप्त गर्नु भएको बताइन्छ ।
त्यस्तै, सहसचिवमा चन्द्रबहादुर गुरुङ तथा कोषाध्यक्षमा अनिल परियार विजयी हुनुभएको छ । गुरुङले ५२ मत ल्याउदा सहसचिवका प्रत्यासी भीम नेपालीले भने ३३ मत ल्याउनु भएको थियो भने कोषाध्यक्षमा अनिल परियारले ४९ मत प्राप्त गर्दा प्रतिद्धन्दी रामप्रसाद पाण्डेले भने ३५ मत प्राप्त गर्नु भएको थियो । उपाध्यक्ष र कोषाध्यक्षको पदमा एक एक मत बदर भएको थियो ।
सचिव पदमा भने यसअघि नै सूर्यप्रकाश तिवारी सर्वसम्मत रुपमा चयन भइसक्नुभएको थियो। यसपटक माओवादी केन्द्रको पोखरा महानगर समितिमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो। भण्डारी नेतृत्वको प्यानलले सम्पूर्ण पदाधिकारी जित्न सफल भएको छ भने पराजुली समूहबाट कोही पनि विजयी हुन सक्नु भएन् ्। भण्डारी पक्षलाई पार्टी नेताहरू राजकाजी गुरुङ (करण) र रामजी बरालको समर्थन रहेको बताइएको छ, भने पराजुली समूहलाई नेता दीपक कोइरालाले साथ दिनुभएको श्रोतले पोखराक्लिकलाई जनाएको छ । सम्मेलनको उद्घाटन जेठ २७ गते पोखरा सभागृहमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो। यसैबिच, अध्यक्ष भण्डारीले निर्वाचनमा जे जे भए पनि अबका दीन देखि सबै एक भई अघि बढ्ने बताउनु भयो ।




