
दीननाथ बराल,
पोखरा १४, जेष्ठ,
पोखरा रंगशालामा विभिन्न खेलकुद प्रतियोगिताहरु मध्य भलिवलका दर्शक (प्रबेश शुल्क टिकट) बाट हालसम्मकै सर्वाधिक धेरै आर्थिक संकलन भएको छ । गत माघ १२ देखि २० गते सम्म पोखरा रंगशालाको भलिवल टे«ेनिङ सेन्टरमा आयोजना भएको पाँचौ संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको प्रबेश शुल्क (दर्शक टिकट) बाट मात्रै प्रतियोगितामा आम्दानीको एक तिहाई रकम आधा करोड भन्दा बढी आर्थिक संकलन भएको हो ।

९ दिन संचालन भएको उक्त प्रतियोगितामा प्रबेश शुल्क (दर्शक) टिकटबाट ५७ लाख ३९ हजार ४ सय ४६ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुप अफ पोखरा नेपालले आज (बुधबार) पोखरामा उक्त प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै जनाएको हो । सम्भवत यस अघि पोखरामा आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा प्रबेश शुल्क (दर्शक टिकट) बाट सहारा क्लवले ४३ लाखसम्म आम्दानी गर्न सफल भएको थियो । कति दर्शक उक्त प्रतियोगितामा अवलोकन गर्नुृभयो त्यसको एकिन तथ्याङक भने आयोजकले खुलाएन् ।

प्रतियोगिताबाट २१ लाख १ हजार ६ रुपैयाँ बचत भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले पोखराक्लिकलाई बताउनु भयो । प्रतियोगिताबाट १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी गर्न सफल भएको उहाँले जनाउनु भयो । त्यसै गरी प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाख ८८ हजार ५ सय ६५ रुपैया खर्च भएको अध्यक्ष शर्माले जनाउनु भयो । यस बर्षको बचत हालसम्मकै सबै भन्दा उच्च रहेको संस्थाले दाबी गरेको छ । बचत रकम शिक्षा, स्वास्थ्य, खेलकुद सहित सामाजिक क्षेत्रमा खर्च गरिने भएको उहाँले बताउनु भयो ।
संस्थाले सबै भन्दा बढी आम्दानी प्रबेश शुल्क (दर्शक) टिकटबाट संकलन गर्न सफल भएको हो । त्यसै गरी स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट ५६ लाख ५० हजार १ सय २५ रुपैया आम्दानी गर्न सफल भएको संस्थाले मुख्य प्रायोजक एनसेलबाट भने १७ लाख, सह प्रायोजक सुश्री मिडिया प्रा.लि.बाट १६ लाख सहयोग प्राप्त भएको छ । त्यसै गरी प्रदेश खेलकुद परिषद गण्डकीबाट १० लाख र पोखरा महानगर पालिकाले १० लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख सहयोग प्राप्त भएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । सह प्रायोजक सुश्री मिडिया प्रा.लि.बाट १६ लाख सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
स्वदेशी तथा विदेशी टिम व्यबस्थापन तथा यातायातमा प्रतियोगिताको करिब एक तिहाई खर्च भएको छ । उक्त शिर्षकमा ५९ लाख २८ हजार १ सय ८४ रुपैया खर्च भएको कोषाध्यक्ष हरि बहादुर श्रेष्ठले बताउनु भयो । त्यस पछि पुरस्कार तथा प्रोत्साहन तर्फ २२ लाख ३९ हजार ९ सय ९० रुपैया खर्च भएको छ भने अस्थायी प्यारापिट मंच, टेण्ट र साउण्ड सिस्टममा २० लाख ७९ हजार ५ सय ३० रुपैया खर्च भएको संस्थाले जनाएको छ । संस्थाले खेलाडी अक्षयाकोषमा १ लाख ५० हजार सहयोग गरेको छ भने उक्त मैदान प्रयोग गरे वापनको दैनिक ४० हजारको दरले शुल्क समेत तिरेको टाइगर ग्रुपका सचिव डिवी नेपाली बताउनु भयो । आउदो प्रतियोगितामा विगतका कमीकमजोरीहरु नहुने गरी पूर्व तयारी गर्ने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले बताउनु भयो ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिमा हालै मनोनयन हुनु भएको अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, सचिब अन्जु क्षेत्रीलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा पोखरा स्पोर्टस अवार्डमा विजेता भलिबलका खेलाडी द्वय अरुणा शाही र विश्वास अधिकारीलाई समेत सम्मान गरिएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष यामबी आस्था सहितको टोलीलाई समेत संस्थाले खादा लगायर बधाई ज्ञापन गर्यो । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । यसैबिच, संस्थाले आउँदो माघ ९ देखि १७ गतेको मिति प्रस्ताव गर्दै भलिवल संघलाई पत्र समेत पेश गरेको छ ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिमा हालै मनोनयन हुनु भएको अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, सचिब अन्जु क्षेत्रीलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा पोखरा स्पोर्टस अवार्डमा विजेता भलिबलका खेलाडी द्वय अरुणा शाही र विश्वास अधिकारीलाई समेत सम्मान गरिएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष यामबी आस्था सहितको टोलीलाई समेत संस्थाले खादा लगायर बधाई ज्ञापन गर्यो । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । यसैबिच, संस्थाले आउँदो माघ ९ देखि १७ गतेको मिति प्रस्ताव गर्दै छैटौं टाइगर कप भलिवल प्रतियोगिताको लागि भलिवल संघलाई पत्र समेत पेश गरेको छ ।
उक्त पत्र बुझ्दै संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरामा भलिवल दर्शकको क्रेज बढी रहेकोले छैटौं संस्करणमा अन्तराष्ट्रिय टिम पोखरामा ल्याउने वचन दिनुभयो । भलिवल खेल दर्शकको कारणले गर्दा आज धेरै विकसित हुदै आएको उहँको दाबी थियो । कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।







