ब्रेकिङ्ग बाउण्ड्रिज छात्र–छात्रा क्रिकेट प्रतियोगिता ः सेमिफाइनल समिकरण पुरा

-


     पोखरा क्लिक     
     जेठ १४ गते २०८२ मा प्रकाशित


जेष्ठ १४,पोखरा,

पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ बाराही सेकेण्डरी र कम्युनिटी सेण्टर तथा अम्मरसिंह मावि र त्रिभुवन शान्ती सेकेण्डरी स्कुल सेमिफाइनलमा भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ बाराही र भद्रकाली पहिलो सेमिफाइनलमा तथा अम्मरसिंह र कालिका फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रने छन् । प्रतियोगिता अन्तर्गत छात्रातर्फको सेमिफाइल खेल बिहीबार मालेपाटन खेल मैदानमा हुने आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार छात्र सेमिफाइनल तथा फाइनल खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।

दुई साता अघि शुरु प्रतियोगितामा छात्र, छात्रा दुवैतर्फ कास्कीका विभिन्न २०–२० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा कास्कीका २० विद्यालयले सहभागिता जनाएका छन् । छात्र छात्रा दुवैतर्फ विजयी विद्यालयले नगद १५÷१५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सहभागि विद्यालयहरुलाई क्रिकेट खेल सामग्री सहयोग प्रदान गरिने जनाइएको छ ।