
दीननाथ बराल,
पोखरा ४, जेठ,
गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने भएको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले यही जेठ ११ गते आइतबार दिउँसो २ः०० बजेका लागि प्रदेश बैठक आह्वान गर्नु भएको हो ।
हालै बसेको क्याविनेट बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता यही जेठ १२ गते प्रस्तुत गर्ने भएको छ । बजेटका सिद्धान्त तथा प्राथामिकता माथि छलफल सकिए पछि नीति तथा कार्यक्रम प्रस्तुतः हुने प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।
सम्भवत जेठ २१ गते तिर बजेटको नीति तथा कार्यक्रम प्रस्तुतः गरिने मन्त्री गुरुङले बताउनु भयो । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट ल्याउनु पर्छ । हालसम्म प्रदेशको बजेट २९ अर्ब ५० करोड बराबरको ल्याउने गृहकार्य भएको श्रोतको दाबी छ ।






