
दीननाथ बराल,
पोखरा ३१, वैशाख,
पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ चालक सहित ३ जना गम्भिर घाइते हुनु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा ३ जना गम्भिर सहित ९ जना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पृथ्बी राजमार्ग अन्र्तगत लामेआहालको सडक देखि करिब ३५ मिटर खेतको वारीमा उक्त गाडी दुर्घटना हुँदा ३ जना गम्भिर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा उपचार हुदै गरेको छ । उक्त बसमा ११ जना सवार भएको प्रहरीले जनाएको छ । तिव्र गतिको माइक्रो बस चालकले सन्तुलन गुमाउदा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट जनाएको छ ।
यर्सैबिच, आज पोखरा २२ मा भएको बस दुर्घटनामा परी दुई जना भारतिय पर्यटक गम्भिर घाइते हुनु भएको छ । घाइते हुनेहरुमा छत्तीसगढकी ६५ बर्षीया रेखा साहु र ६१ बर्षीय कोमलराम साहु रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको अबस्थामा मध्यम त केहीको सामान्य रहेको सूचना अधिकारी बस्नेतले जनाउनु भयो ।






