पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेबाट ट्रफी प्रायोजन स्वरुप ५० हजार सहयोग हस्तान्तरण

-


     पोखरा क्लिक     
     वैशाख २४ गते २०८२ मा प्रकाशित


वैशाख २४, पोखरा,

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन तमु धिं यूकेले यसपाली देखि ट्रफी(अवार्ड) प्रायोजन गर्न सुरु गरेको छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न तमु धिं युकेले ट्रफी प्रायोजन स्वरुप ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।

तमु धि युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वको टोलीले उक्त रकम नेपाल प्रतिनिधि मे.गुरुङ समक्ष पठाउनु भएको हो । तमु धिं युके नेपाल प्रतिनिधि मेजर लछिमी प्रसाद गुरुङले अवार्डका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक, एवं सल्लाहकार दीननाथ बराल, मञ्चका अध्यक्ष एमबि आस्था मगर, सदस्य कृष्णप्रसाद दवाडी लगाएतको टिमलाई मंगलबार उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि गुरुङले अन्य क्षेत्रसँगै खेल क्षेत्रको विकासको लागि तमु धिं युके नेपाल सधै तयार रहेको बताए । अघिल्ला संस्करणमा पनि सहयोग गर्दै आएकोमा यस बर्ष देखि तमु धिँ यूकेले ट्रफी प्रायोजन स्वरुप सहयोग गरेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिन पहल गर्ने वचन दिए । अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक बरालले अघिल्ला संस्करणमा पनि ५० हजार बराबरको सहयोग हुदै आएकोेमा धन्यवाद सहित आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । मञ्चका अध्यक्ष मगरले सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, हिमश्री फुड, निट डेन्टल केयर प्रालि, सिटीजन फर्निचर, भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, एन्फा गण्डकी, जिल्ला खेलकुद विकास समिति, भूपू बक्सिङ संघ पोखरा, मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, फिट नेपालका प्रमुख भुगोल गुरुङ, द यात्रा कर्टयार्ड होटल, मुस्ताङ लेते थकाली किचन,बुम¥याङ रेष्टुरेण्ट, पोखरा पिज्जा हाउस, दर्शन लामा, सोल्टी पिउने पानी, यती एयरलाईन्स र वल्र्ड लिङ्कलगाएत सहयोगी रहने मञ्चले जनाएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्नेछ भने त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दै आइरहेको छ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने मञ्चले जनाएको छ ।



This will close in 20 seconds