श्रीमतीको हत्या पछि पोखरामा ऋषिराम बरालले गरे आत्महत्या

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २३, वैशाख,

कान्छि श्रीमतीको हत्या पछि पोखरामा ऋषिराम बराल आफै आत्महत्या गरेका छन् । पोखरा पार्दीमा बस्दै आएका ऋषिरामले ३७ बर्षीया कान्छि श्रीमती देवि पराजुली बरालको धारिलो हतियार(चक्कु) प्रहार गरी हत्या गरे पछि आफ्नै घाँटीमा चक्कु प्रहार गरी आत्म हत्या गरेको कास्की प्रहरीले जनाएको छ ।

पोखराको मासवारमा पुरानो घर भएका ५७ बर्षीय ऋषिरामले सोमबार दिउँसो करिब १ः३० बजे कान्छि श्रीमतीसंग भनाभन भएसंगै चक्कु प्रहार गरी हत्या गरेको हुन सक्ने कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले पोखरा क्लिकलाई बताए ।

ऋषिरामकी कान्छि श्रीमतीको सोमबार नै हत्या भएको हो भने उहाँको उपचारको क्रममा आज पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । घटनास्थलबाट प्रहरीले २ थान धारिलो चक्कु र मेटासिनको खाली वोत्तल समेत बरामद गरेको छ । ऋषिरामले आफ्नो घाँटीमा चक्कु प्रहार सहित मेटासिन समेत सेवन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

छिमेकीहरूका अनुसार जेठी श्रीमतीसँग पुनः नजिकिएको थाहा पाएपछि दम्पती बीच सम्बन्ध बिग्रँदै गएको बताइन्छ । हत्याअघि बरालले फेसबुकमा जेठी श्रीमतीसँगको तस्बिर र भिडियोसमेत पोष्ट गरेका थिए ।