पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, हिमश्री फुडबाट ५० हजार सहयोग

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८२ मा प्रकाशित


वैशाख २३, पोखरा,

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा हिमश्री फुडले सहयोग गरेको छ ।

हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष मगर बिच अवार्डलाई सफल बनाउन सहयोग गर्ने समझदारी भएको हो । त्यसैगरि भूपू बक्सिङ संघ पोखराले पनि नगद ५ हजार सहयोग गरेको छ । सोमबार भूपू खेलाडी संघ पोखराका अध्यक्ष मोती प्रसाद गुरुङलगाएतका पदाधिकारी मञ्चको कार्यालय आई सहयोग प्रदान गरेका हुन् । त्यसैगरि मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपानेले १५ हजार र फिट नेपालका प्रमुख भुगोल गुरुङले १० हजार सहयोग गरेका छन् । यस्तै द यात्रा कर्टयार्ड होटल लेडसाइडबाट सहयोगको प्रतिवद्धता होटलका सञ्चालक रामचन्द्र बहादुर भट्टराईले गरेका छन् । त्यस्तै ड्यामसाइडको होटल मुस्ताङ लेते थकाली किचनले सहयोगको प्रतिवद्धता जनाएको छभने इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङ्क रहेका मञ्चले जनाएको छ ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, निट डेन्टल केयर प्रालि, सिटीजन फर्निचर, भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, दर्शन लामा, सोल्टी पिउने पानी र यती एयरलाईन्सलगाएत सहयोगी रहने मञ्चले जनाएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्नेछ भने त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।



This will close in 20 seconds