
पोखरा,
नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पा¥यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।
यसअघि सशस्त्र प्रहरी बल ९एपिएफ० लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो । प्रतियोगितामा इरानका अमिर हुसेन उत्कृष्ट खेलाडी घोषित हुनु भयो ।
इरानी टोलीका अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक हुनु भयो । उहाँहरुलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पुरस्कार प्रदान गरियो । प्रतियोगितामा ६ टिम ईरानी टीम, भारतीय टीम, गण्डकी प्रदेश टीम र तीन विभागीय टीमहरू त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टीम सहभागी थिए ।
५ दिन संचालन भएको प्रतियोगितामा विदेशी सहित ६ टिमको सहभागी भएको डिष्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले पोखराक्लिकलाई बताउनु भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिषिङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।






