
दीननाथ बराल,
पोखरा २१, वैशाख,
पोखरा न्युरोडमा रहेको हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) ले आइतबारदेखि विश्व प्रसिद्ध हिकभिजन र इजिभिजका उत्पादन बिक्री वितरण गर्न सुरु गरेको छ । चाइनाको हान्जाउ हिकभिजन डिजिटल टेक्नोलोजि लिमिटेडको उत्पादन नेपालको आधिकारीक बिक्रेता म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रा.लि.ले आइतबार एक कार्यक्रमका बिच पोखरा क्षेत्रको आधिकारीक बिक्रेताको रुपमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) लाई सम्झौता गर्दै सो कम्पनीका सामानहरु बिक्रि वितरण गर्न सुरु गराएको हो ।

म्याक्सिमाका प्रवन्ध निर्देशक प्रमोद अधिकरी, निर्देशक कमल तामाङ र हिमालयनका अध्यक्ष जगन गुरुङ बिच सम्झौता भएको हो । हिकभिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने देखि डिजिटल हाजिर मेसिन, नेटवर्किङ स्वीच, स्मार्ट बोर्ड, अलाराम सिस्टम र राउटर पनि उत्पादन गर्ने गरेको छ । समय सापेक्ष विश्वकै चर्चीत ब्राण्डेड कम्पनीसंग सहकार्य गर्दै उत्पादीत बस्तुको बिक्रि वितरण गर्न पाएकोमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) का अध्यक्ष जगनबहादुर गुरुङले खुसि व्यक्त गर्नुभयो । उच्च प्रविधिको सिसिटिभि क्यामेरा पाउने सिसि टिभि क्यामेरा बेच्ने लगायतका ब्राण्डेड कम्पिनी हिकभिजनको पोखराको नयाँ सोरुमले यस क्षेत्रका आम उपभोक्ताहरुलाई सहज रुपमा सेवा दिने भएको अध्यक्ष गुरुङले जनाउनु भयो ।
यसैबिच, हिकभिजन कम्पनीका उत्पानहरुको बिक्रि वितरण शुभारम्भ भएको अवसरमा आइतबार साँझ पोखरामा हिक भिजन प्रोडक्ट सेमिनार समेत आयोजना गरिएको म्याक्सिमाको प्रवन्ध निर्देशक प्रमोद अधिकरीले बताउनु भयो । उक्त सेमिनारमा च्यानल सेल्स म्यानेजर दिवस भटराई, म्याक्सिमाका प्राविधिक रवि नेपालीले उक्त कम्पनीका उत्पादिव बस्तुहरुको बारेमा चर्चा गर्नु भएको थियो । व्यवसाय विस्तार गर्दै ग्राहकलाई सहजता प्रदानका लागि पोखरामा बिक्री सुरु गरिएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ।





